४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु

उपसभापति शर्माको टिप्पणी : ‘६ सदस्यीय परिषद्मा ३ जनाले बहुमत पुग्दैन’

उपसभापति शर्माको टिप्पणी : ‘६ सदस्यीय परिषद्मा ३ जनाले बहुमत पुग्दैन’
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संवैधानिक परिषद्को बहुमत सम्बन्धी विषयमा सर्वोच्च अदालतको नजिर उल्लेख गर्दै प्रधानमन्त्रीलाई लक्षित टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले २०८१ जेठ १४ गते सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाको सन्दर्भमा दिएको व्याख्यालाई उद्धृत गरेका हुन् ।

उनले ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सदस्य अनिवार्य हुने सर्वोच्चको व्याख्या स्मरण गराउँदै “बहुमत हुन बहुसंख्यक संख्या नै आवश्यक पर्ने” बताएका छन् ।

उनले यही आधारमा ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाको उपस्थितिलाई बहुमत मान्न नसकिने जिकिर गरेका छन् । शर्मााले उक्त अभिव्यक्तिमार्फत संवैधानिक परिषद्को निर्णय प्रक्रिया र बहुमतको व्याख्याबारे प्रश्न उठाएका छन् ।