१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

सार्वजनिक संस्थान सुधार अपरिहार्य : सञ्चारमन्त्री डा. तिमिल्सिना

सार्वजनिक संस्थान सुधार अपरिहार्य : सञ्चारमन्त्री डा. तिमिल्सिना
अ अ+ अ-

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरुको सुधार र पुनर्संरचना गर्न अपरिहार्य रहेको बताउनुभएको छ ।

गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले समयानुकूल ढंगले सार्वजनिक संस्थानलाई अघि बढाउन सरकारले आन्तरिक गृहकार्य गरिरहेको उल्लेख गर्नुहुँदै संस्थानको हितलाई केन्द्रमा राखेर कर्मचारीले पनि थप जिम्मेवारी र उत्तरदायित्वका साथ काम गर्नुपर्ने जोड दिनुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले अब समस्या मात्रै औँल्याएर नहुने भन्दै समाधानमुखी सोच र व्यवहार आवश्यक रहेको उल्लेख गर्नुभयो । “आज भनेको भोलिको इतिहास हो । आज राम्रो काम गर्न सक्यौँ भने त्यसले भोलिको मार्गनिर्देशन गर्छ । आफुले काम गरिरहेका संस्था गर्व गर्न लायक हुने बनाउन कर्मचारीहरुले पनि उच्च मनोबलका साथ सक्रीयता देखाउनुहोला,” सञ्चारमन्त्री डा. तिमिल्सिनाले भन्नुभयो ।

उहाँले सार्वजनिक संस्थानलाई प्रभावकारी, उत्तरदायी र नागरिकमुखी बनाउन सुधार अपरिहार्य रहेको बताउँदै सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको प्रभावसँगै गोरखापत्र संस्थानको पुनर्संरचना आवश्यक भएको धारणा राख्नुभयो ।

गोरखापत्रको लामो इतिहास स्मरण गर्दै उहाँले पत्रकारिताको शैली, तौरतरिका र प्रविधिमा व्यापक परिवर्तन आइसकेको उल्लेख गर्नुभयो । बदलिँदो समयअनुसार गोरखापत्रले आफूलाई अन्य सञ्चारमाध्यमभन्दा कसरी फरक र प्रभावकारी बनाउने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

नेपालको भाषिक विविधताले देशलाई समृद्ध बनाएको उल्लेख गर्दै उहाँले त्यसको संरक्षण, प्रयोग र अपनत्वलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । साथै सञ्चारमाध्यमले नागरिकको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

मन्त्री तिमिल्सिनाले नागरिकले तिरेको करबाट सार्वजनिक संस्था सञ्चालन हुने भएकाले नागरिकको हितमा काम गर्नु सबैको प्रमुख दायित्व भएको बताउनुभयो ।

यसैबीच, गोरखापत्रले आजदेखि सन्थाल र हायु भाषामा समेत समाचार प्रकाशन सुरु गरेको जनाएको छ । सो भाषा सम्बन्धि पृष्ठको प्रतिकृति सञ्चारमन्त्री तिमिल्सिनाले अनावरण समेत गर्नुभयो ।