२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता



अ+ अ-

काठमाडौं । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेश प्रमुखको कार्यालय जनकपुरधामले आज एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेस प्रदेश सरकारलाई जनमत पार्टीले दिएको समर्थन मिति २०८३ असार २२ गतेदेखि फिर्ता लिएको ब्यहोरासहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको उल्लेख गरिएको छ ।

सो पत्र प्राप्त भएसँगै सम्बन्धित निकायलाई जानकारी गराइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।