१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

म्याग्दीमा विद्युतीकरण योजना अलपत्र

म्याग्दीमा विद्युतीकरण योजना अलपत्र
अ अ+ अ-

काठमाडाैँ । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको पन्थोक र जुग्जामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि सञ्चालित योजना अलपत्र छ ।

केन्द्रीय लाइनको विद्युत् सुविधा विस्तारमा भएको ढिलाइले रातको समयमा उज्यालो, मोबाइल चार्ज गर्न, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, विद्यालयमा कम्युटर विषयको पठनपाठन, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रवाह र कुटानी पिसानी मिल सञ्चालनमा समस्या भएको छ ।

पन्थोकस्थित भीम माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक डम्मरबहादुर घर्तीले दुई वर्षअघि सुरु भएको विद्युतीकरण योजनाले पूर्णता नपाउँदा बिजुलीको आशामा रहेका स्थानीयवासी निराश भएका बताउनुभयो । एक सय ३२ परिवारको बसोबास रहेको पन्थोकमा गौडाखोला लघुजलविद्युत् परियोजनाको नहर मर्मतका लागि यही वैशाख ८ गतेदेखि बन्द गरिएको छ ।

“हामी अन्धकारमा बस्न बाध्य छौँ, ७२ परिवारको बसोबास रहेको जुग्जामा विद्युतीकरणका लगेका पोल र तार बाटोमै थन्किएका छन्”, उनले भने। पोल गाड्ने, मुख्य लाइन तान्ने काम सकिएको पन्थोकका बासिन्दाले वायरिङ गरिसकेका छन् । मिटरबक्स जडान र कालोतार जोड्न बाँकी छ ।

जुग्गामा पोल गाड्न, तार तान्न, ट्रान्सफर्मर जडान गर्नेलगायतका धेरै काम बाँकी छन् । लघुजलविद्युत् परियोजना र सौर्य ऊर्जाबाट उज्यालोका लागि बिजुली बाले पनि कम्युटर, मिल, उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक सेवा प्रवाहमा असर परेको घर्तीले बताए। नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत पन्थोक र जुग्जालगायतका म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारका लागि पोल गाड्ने, तार तान्ने, ट्रान्सफर्मर जडान गर्ने काम गर्न २०८१ असोजमा बेनीको न्यू ढुङ्गाना निर्माण सेवाले ठेक्का लिएको थियो ।

उक्त निर्माण कम्पनीका सञ्चालक दिनेश ढुङ्गानाले नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले आवश्यक उपकरण र गरेको कामको भुक्तानी नगरेकाले योजनाको काम प्रभावित बनेको बताए। “बेनी वितरण केन्द्रले उपकरण र सामग्री उपलब्ध गराएको छैन”, उनले भने, “ठेक्का सम्झौता भएयता पेस्कीबाहेकको रकम भुक्तानी पाइएको छैन । कार्यालयले बिल भुक्तानीमा सहजीकरण र सिफारिस नगरिँदा मजदुरलाई ज्याला तथा आपूर्तिकर्तालाई भुक्तानी दिन समस्या भएको छ ।”