३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कम्बोडियामा मानव तस्करी, होसियार रहन बैंकक राजदूतावासको अनुरोध

कम्बोडियामा मानव तस्करी, होसियार रहन बैंकक राजदूतावासको अनुरोध
अ+ अ-

काठमाडाैंः थाइल्यान्डको बैंकक स्थित राजदूतावासले कम्बोडियामा रहेका नेपालीहरू मानव तस्करको जालोमा फस्ने गरेको भन्दै सतर्क रहन अनुरोध गरेको छ ।

दूतावासले एक सूचना निकाल्दै विभिन्न उद्देश्यले, विशेषगरी पर्यटनको बहानामा कम्बोडिया गई आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि धेरै नेपाली नागरिकहरू त्यहाँ बसिरहनुभएको जानकारी राजदूतावासलाई प्राप्त भएको जनाएको छ ।

साथै, केही नेपाली नागरिकहरू कम्बोडियामा अवैधानिक रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न रहेको जानकारी समेत प्राप्त भएको छ भन्दै दूतावासले अनलाइन स्क्यामिङ एक अन्तरदेशीय अपराध रहेको र यस प्रकारका गतिविधि नियन्त्रण तथा अन्त्य गर्न र यसमा संलग्न व्यक्तिहरूलाई कसुरको प्रकृतिअनुसार पाँचलाख अमेरिकि डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था सहित कम्बोडिया सरकारले गत हप्तादेखि नयाँ कानून लागू गरेको स्मरण गराएको छ ।

अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द गर्ने, नष्ट गर्ने तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई समेत कम्बोडिया सरकारले तीव्र बनाएको भन्दै दूतावासले आफूलाई प्राप्त भिषा अवधिभन्दा बढी समय कम्बोडियामा नबस्न, कुनै पनि गैरकानूनी गतिविधिमा संलग्न नहुन तथा यदि त्यस्ता कार्यमा संलग्न हुनु भएको छ भने तुरुन्त त्यस्तो कार्य बन्द गरी नेपाल फर्कन राजदूतावास अनुरोध गरेको छ।

उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडिया लगायत अन्य मुलुकहरूमा रोजगारीका लागि नजान पुनः अनुरोध गरिन्छ भन्दै सूचनामा भनिएको छ, “वैदेशिक रोजगारीका लागि विदेश जानु अघि नेपालस्थित वैदेशिक रोजगार विभाग तथा सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतावास वा नेपाली वाणिज्यदूतावाससँग सम्पर्क गरी रोजगारदाता संस्था तथा रोजगारीको आधिकारिकता यकिन गरी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान समेत अनुरोध गरिन्छ।”

नेपाल फर्कन सहजीकरण गर्ने उद्देश्यले राजदूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकहरूको तथ्याङ्क तथा सूचना संकलन गरिरहेको भन्दै निम्नअनुसारको अनलाइन फाराम भरी सहयोग गरिदिनु हुन अनुरोध पनि गरेको छ ।

यदि आफ्नो परिवारका सदस्य, आफन्त, नातेदार वा साथीहरू मध्ये कोही कम्बोडियामा श्रम स्वीकृति बिना पर्यटकीय भिसामा गई लामो समयदेखि बसिरहनुभएको छ वा कुनै अप्ठ्यारो अवस्थामा पर्नुभएको छ भने सो सम्बन्धी जानकारी नेपाली राजदूतावास, बैंककमा वा कन्सुलर सेवा विभाग, परराष्ट्र मन्त्रालय, त्रिपुरेश्वरमा उपलब्ध गराइदिन समेत दूतवासले अनुरोध गरेको छ ।

अनलाईन फारामको लिङ्कः https://shorturl.at/eSVAZ