१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

भदौ २३ र २४ गतेको घटनाको अध्ययन प्रतिवेदन चाँडै सरकारलाई बुझाउँछौँः आयोग

भदौ २३ र २४ गतेको घटनाको अध्ययन प्रतिवेदन चाँडै सरकारलाई बुझाउँछौँः आयोग
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र तथा मानव अधिकारको परिकल्पना गर्न नसकिने बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रदर्शनमा सहभागी हुँदै सदस्य दुवाडीले नेपालमा प्रेस स्वतन्त्रतालाई उत्सवका रूपमा मात्र नभई अधिकार रक्षाको आन्दोलनकै रूपमा मनाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरे। उनले अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारको सबैभन्दा प्रभावकारी औजार भएको धारणा राखे।

पछिल्लो समय सरकारका केही कदमहरूले प्रेस स्वतन्त्रतामा असर पार्न सक्ने भन्दै उनले यसप्रति आयोग गम्भीर र चिन्तित रहेको बताए। प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप बदलिएको भए पनि त्यसअनुसारको कानुनी व्यवस्था नहुँदा समस्या जटिल बन्दै गएको उनको भनाइ थियो।

सदस्य दुवाडीले करिब दुई दशक पुरानो ‘विद्युतीय कारोबार ऐन, २०६३’ पत्रकारहरूविरुद्ध विभेदकारी र छनोटपूर्ण रूपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाए। “अभिव्यक्ति स्वतन्त्रता ३ करोड नेपालीको अधिकार हो भने प्रेस स्वतन्त्रता त्यसको अभिन्न हिस्सा हो,” उनले भने, “लोकतन्त्रबाट मानव अधिकार र त्यसबाट अभिव्यक्ति स्वतन्त्रता हटाइदिए लोकतन्त्रको कुनै अर्थ रहँदैन।”

उनले आफूलाई मनपर्ने पत्रकारप्रति उदार र मन नपर्नेप्रति पुरानो ऐन प्रयोग गरेर कारबाही गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै यस्तो विभेदकारी अभ्यासप्रति आयोग संवेदनशील रहेको बताए। डिजिटल माध्यमको नियमनका लागि स्पष्ट र न्यायोचित कानुन आवश्यक रहेकोमा आयोगले निरन्तर जोड दिँदै आएको उनले बताए। साथै, प्रतिवेदनमाथि छलफल गरी दोषीलाई कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारलाई सिफारिस गरिने जानकारी दिए।

गत भदौ २३ र २४ गतेका घटनाको स्मरण गर्दै उनले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताए। प्रचलित कानुनबिना केवल प्रशासनिक वा मन्त्रीस्तरीय निर्णयका आधारमा अधिकार कुण्ठित गरिनु निरंकुश शैली भएको उनको टिप्पणी थियो।

उक्त घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाइसकेको जानकारी दिँदै उनले आयोगका सिफारिस कार्यान्वयनमा सरकार उदासिन देखिएको आरोप लगाए। मानव अधिकारमैत्री राज्य निर्माणका लागि नेपाल बार एसोसिएसन, पत्रकार र मानव अधिकारकर्मीबीच साझा ऐक्यबद्धता आवश्यक रहेकोमा उनले जोड दिए। साथै, प्रेस स्वतन्त्रता र पत्रकारहरूको हकहितका लागि हुने आन्दोलनमा आयोग सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे।