१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राष्ट्रिय एकता, सहिष्णुता र विकासका लागि बुद्धका पञ्चशील र चार आर्य सत्य सिद्धान्त मार्गनिर्देशकः राष्ट्रपति पाैडेल

राष्ट्रिय एकता, सहिष्णुता र विकासका लागि बुद्धका पञ्चशील र चार आर्य सत्य सिद्धान्त मार्गनिर्देशकः राष्ट्रपति पाैडेल
अ अ+ अ-

काठमाडौं । राष्ट्रपति पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय एकता, सहिष्णुता र समावेशी विकासलाई सुदृढ बनाउन बुद्धका पञ्चशील, चार आर्य सत्य सिद्धान्तहरू मार्गदर्शक बन्न सक्ने बताउनुभएको छ ।

२५७० औँ बुद्ध जयन्तीको शुभ उपलक्ष्यमा शुक्रबार आयोजित बृहद् बाैध्दसभालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आजको विश्व अनेकन चुनौतीहरू द्वन्द्व, असहिष्णुता, जलवायु सङ्कट र मानवीय मूल्यहरूको क्षयबाट गुज्रिरहेको सन्दर्भमा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको स्पष्ट पार्नुभयो ।

उहाँले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्दै व्यक्ति, समाज र राष्ट्र मात्र होइन समग्र विश्वलाई नै सकारात्मक बाटोतर्फ डो¥याउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिन सक्ने सबैको विश्वास रहेको बताउनुभयो ।

उहाँले बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरव मात्र होइन, जिम्मेवारीको विषय पनि भएको भन्दै विविधता र वहुलताको समुचित व्यवस्थापन गर्दै शान्तिपूर्ण सहअस्तित्व कायम गर्नु आजको नेपालको आवश्यकता भएको बताउनुभयो ।

उहाँले विश्व शान्तिका नायक, करुणा र प्रज्ञाका अनुपम स्रोत, गौतम बुद्धको २५७० औं बुद्ध जयन्तीको यस पावन अवसरमा स्वदेशी तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र प्रगतिको कामना पनि गर्नुभयो ।

राष्ट्रपति पौडेलले वैशाख शुक्ल पूर्णिमाको पावन दिनमा बुद्धको जन्म, सम्यक् सम्बोधि (ज्ञान प्राप्ति) तथा महापरिनिर्वाण जस्ता त्रि–संयोग रहेको यो दिवस एक अद्वितीय क्षणको प्रतीक भएको उल्लेख गर्दै यस अवसरमा विश्वभरका बौद्ध धर्मावलम्बीहरूले विहार, स्तूप र चैत्यहरूमा श्रद्धा, भक्ति र साधनाका माध्यमबाट बुद्धको शिक्षालाई स्मरण गर्ने परम्परा रहेको विदितै रहेको बताउनुभयो ।