३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

माइतीघर घटनामा महेश बस्नेतको आपत्ति: ‘पीडितमाथि नै पक्राउ हुनु लोकतन्त्रका लागि चिन्ताजनक’

माइतीघर घटनामा महेश बस्नेतको आपत्ति: ‘पीडितमाथि नै पक्राउ हुनु लोकतन्त्रका लागि चिन्ताजनक’
फाई फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले माइतीघर क्षेत्रमा भएको एक घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो परिवारमाथि साइबर अपराध भएको भन्दै उजुरी दिन साइबर ब्युरो जाने क्रममा अप्रिय घटना भएको उल्लेख गरेका छन्।

बस्नेतका अनुसार माइतीघर क्षेत्रमा भएको भिडभाड हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरूले उनकी श्रीमतीसहित केही महिलामाथि गालीगलौज गर्नुका साथै हातपात समेत गरेका थिए। उनले उल्टै आफ्नी श्रीमतीसहित आठ जनालाई प्रहरीले पक्राउ गरेकोप्रति असन्तुष्टि जनाएका छन्।

उक्त घटनालाई केही सञ्चार माध्यमहरूले गलत ढंगले प्रस्तुत गर्दै भ्रामक प्रचार गरिएको आरोप लगाउँदै बस्नेतले यसप्रति दुःख व्यक्त गरेका छन्। उनले माइतीघर मण्डला जस्तो सार्वजनिक स्थललाई मन नपरेका व्यक्तिलाई बदनाम गर्ने तथा चरित्र हत्या गर्ने थलोका रूपमा प्रयोग गरिनु निन्दनीय भएको टिप्पणी गरेका छन्।

बस्नेतले यस्ता संवेदनशील विषयमा सरकार मौन बस्नु उपयुक्त नहुने बताउँदै पीडित आफैंले न्याय खोज्नुपर्ने अवस्था सिर्जना हुनु, उनीहरूमाथि हातपात हुनु र उल्टै पक्राउ गरिनु लोकतान्त्रिक समाजका लागि राम्रो संकेत नभएको बताएका छन्।

घटनाबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै उनले अन्यथा सशक्त प्रतिरोध गरिने चेतावनी समेत दिएका छन्।