५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते



अ+ अ-

काठमाडौं । युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको अधिकारीहरुले शनिबार बताएका छन् ।

उद्धारकर्मीहरूले रूसी आक्रमणबाट ध्वस्त भएको डिनिप्रो स्थित एउटा भवनको भग्नावशेषबाट दुई जनाको शव बरामद गरेको ड्रिन्प्रोपेट्रोभस्क क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्झाले बताएका छन् ।

पाँच जना अझै पनि भग्नावशेषमुनि फसेको हुन सक्ने आशंका गरिएको बताउदै उहाँले २१ जना घाइते भएको पुष्टि गरेका हुन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा चार जनाको मृत्यु भएको र करिब ३० जना घाइते भएको बताए ।

आक्रमणको सामना गर्न साझेदारहरूलाई तत्काल र सहकार्य आवश्यक रहेको बताउदै हवाई रक्षा बलियो बनाउन तथा रूस विरुद्ध युरोपेली प्रतिबन्धको २१औँ प्याकेजतर्फ पनि अघि बढ्नु पर्ने बताए।

युक्रेनको सिमानामा रहेको रूस कुस्र्क क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्राणमा परी एक जना घाइते भएको गभर्नर अलेक्जान्डर खिन्स्टेनले शनिबार बताएका छन् ।