८ असार २०८३, सोमबार
,
Latest
पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर गोल्छा प्रकरणमा नाइमाले भन्याे: ‘स्पष्टीकरणको अवसर र निष्पक्षता अनिवार्य’



अ+ अ-

काठमाडौं । वरिष्ठ उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छासँग सम्बन्धित पछिल्लो घटनाक्रमप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ध्यानाकर्षण जनाएको छ।

नाइमाले जारी गरेको धारणा अनुसार यस्ता प्रकृतिका विषयमा अघि बढ्दा सम्बन्धित व्यक्तिलाई आवश्यक स्पष्टीकरण पेश गर्ने पर्याप्त अवसर प्रदान गरिनु पर्नेमा जोड दिइएको छ। संस्थाले प्रक्रियागत स्पष्टता, सन्तुलन र विवेकपूर्ण निर्णयले समग्र प्रणालीप्रतिको विश्वास बलियो बनाउन सहयोग पुग्ने उल्लेख गरेको छ।

उद्योग तथा व्यवसाय क्षेत्रले देशको अर्थतन्त्र, रोजगारी सिर्जना, राजस्व संकलन तथा समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको भन्दै नाइमाले निजी क्षेत्रको मनोबल उच्च राख्न र विश्वासको वातावरण सुदृढ गर्न राज्यले सकारात्मक सन्देश दिनुपर्ने आवश्यकता औंल्याएको छ।

नाइमाले विधिको शासन, पारदर्शिता र निष्पक्षताको पक्षमा आफू दृढ रहेको स्पष्ट गर्दै कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष अनुसन्धान हुनु पर्ने बताएको छ। साथै कानुन उल्लङ्घन गर्ने जो–कोहीमाथि आवश्यक कारबाही हुनु पर्नेमा संस्था अडिग रहेको जनाएको छ।

तर पर्याप्त प्रमाणबिना कुनै पनि व्यक्तिमाथि निष्कर्ष निकाल्ने वा कठोर कदम चाल्ने कार्यले समग्र प्रणालीप्रतिको विश्वासमा असर पार्न सक्ने भएकाले सम्बन्धित निकायले संवेदनशीलता अपनाउन नाइमाले आग्रह गरेको छ।