४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

सामाजिक परिवर्तनमा योगदान दिने व्यक्तित्वलाई ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२५’ प्रदान

सामाजिक परिवर्तनमा योगदान दिने व्यक्तित्वलाई ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२५’ प्रदान
अ+ अ-

काठमाडौं, ११ वैशाख:  समाज रूपान्तरणमा उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न क्षेत्रका व्यक्तित्व तथा संस्थाहरूलाई ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२५’ प्रदान गरिएको छ।

सिजन मिडिया प्रा.लि.को आयोजनामा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा सामाजिक अभियन्ता तथा विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा सामाजिक अभियन्ता अनिकेत कपाली, हिक्मत थापा, सानो घरका संस्थापक विमला श्रेष्ठ, व्यवसायी तथा समाजसेवी एजाज आलम, सामाजिक अभियन्ता माया थामी, प्राध्यापक डा. पवनकुमार मण्डल, सम्पदा संरक्षण अभियन्ता गणपति लाल श्रेष्ठ, लैङ्गिक तथा यौनिक अल्पसंख्यक अधिकारकर्मी पिंकी गुरुङ, कम्युनिटी डेभलपमेन्ट सेन्टर नेपालका अध्यक्ष राधा मताङ्गी तथा कलाकार तथा सामाजिक अभियन्ता रेशम नेप्किङ सम्मानित भएका थिए।

यसैगरी, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका राजाराम श्रेष्ठ, विवेक स्वच्छ सेवा केन्द्रकी संस्थापक रेबिका साहाने, प्रयत्न नेपालकी संस्थापक सरिता लामिछाने, स्वास्थ्य स्वयंसेविका सरिता कुमारी शाह, माया घर नेपाल (इटहरी) तथा ऐना फाउण्डेशनका संस्थापक तिलक बहादुर बटाला र सांस्कृतिक नेतृत्वकर्ता टासी दोङ्बा ह्योल्मा पनि सम्मानित भएका छन्।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा ‘समावेशी’ मासिकका प्रधान सम्पादक खिल बहादुर भण्डारी, गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटा, ग्लोबल आइएमई बैंकका जनसम्पर्क अधिकृत योगेश पोखरेल, व्यवसायी तथा समाजसेवी अमित शर्मा, वरिष्ठ फोटो पत्रकार हरि गोपाल श्रेष्ठ तथा न्यूजपोलार डटकमका प्रधान सम्पादक सुशील अर्याल सल्लाहकारका रूपमा रहनु भएका थिए।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त राम प्रसाद भण्डारी प्रमुख अतिथि तथा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित भई सम्मानित व्यक्तित्वहरूलाई अवार्ड तथा सम्मानपत्र प्रदान गरेका थिए।
आयोजक सिजन मिडिया प्रा.लि.का अध्यक्ष प्रदीप राज वन्तले कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन व्यक्तिगत तथा संस्थागत प्रयासहरूको कदर गर्नुका साथै नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने उद्देश्य राखिएको बताए। उनले यस्ता पहलले मानवता, समावेशिता र सहकार्यको मूल्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

सिजन मिडिया प्रा।लि।ले विगतदेखि सामाजिक, कर्पोरेट, सञ्चार तथा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।