२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन रोजे एसएसएपी यादवले मृत्यु ?



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए । संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान खाजा खाएर जिम गर्न कोठामा प्रवेश गरेका थिए ।

उनी लामो समयसम्म पनि ननिस्केपछि भान्छे बोलाउन गए । तर, बाहिरबाट ‘सोच्नै नसकिने’ दृश्य देखेपछि भान्छेले डराएर अरूलाई जानकारी गराए । केही समयमै यो सूचना जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी प्रधान कार्यालयसम्म पुग्यो ।

भान्छेले देखेको दृश्य थियो एसएसपी यादव आफ्नै कोठामा झुन्डिरहेको अवस्था । यो घटनापछि के गर्ने ? भन्ने कुरामा प्रहरी पनि अलमलमा प¥यो । त्यसपछि प्रहरी उनका पारिवारिक सदस्य नआउन्जेल ढोका नखोल्ने निष्कर्षमा पुग्यो ।

एसएसपी यादवका परिवार काठमाडौंमा बस्दै आएका थिए । शुक्रबार साँझ मात्र उनका बुबा, भाइ र श्रीमती घटनास्थल पुगेपछि ढोका खोलिएको थियो । प्रहरीले फरेन्सिक जाँचका लागि विशेषज्ञ डाक्टरलाई पनि त्यहीँ बोलाएको थियो ।

हालसम्म प्रहरीले मृत्युको कारण’दयगत केही बताएको छैन । यद्यपि, सोधपुछका क्रममा कार्यालयका कर्मचारीले बिहान खाजा लिएर जाँदासम्म उनी सामान्य अवस्थामा रहेको जानकारी दिएका छन् ।

अपहरण तथा शरीर बन्धक घटनामा संलग्न रूपन्देही अमुवाका अमर टण्डनलाई उन्मुक्ति दिएको आरोपमा एसएसपी यादवसहितलाई प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने तयारी गरिरहेको जनाइएको छ । सो अभियोगमा टण्डनविरुद्ध उजुरी दर्ता हुँदादेखि हालसम्मको अनुसन्धानको म्याद नै नहेरी अनुसन्धान अधिकृतहरूले म्याद गुजारेका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।