८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी मन्त्री नेपालमा, खेलाडीको हौसला बढाउन रंगशाला पुगिन्



अ+ अ-

काठमाडौं । दक्षिण एशियाली खेलमा सहभागी बन्न नेपाल आएका करिब ३०० खेलाडीमा उत्साह जगाउन पाकिस्तानी मन्त्री डा फेममिदा मिर्जा नेपाल भ्रमणमा आएकी छिन् । सागको उदघाटनका दिन नेपाल आइपुगेकी मन्त्री मिर्जा बुधबारसम्म नेपालमा रहने नेपालस्थित पाकिस्तानी दूतावासले जनाएको छ । पाकिस्तानको अन्तरप्रान्तीय समन्वय मन्त्री डा मिर्जा पाकिस्तानी खेलाडीको उत्साह बढाउन नेपालको तीन दिने भ्रमणमा आएकी हुन् ।

पाकिस्तानले सन् १९८९ मा चौथो र सन् २००४ मा नवौं साग आयोजना गरेको थियो । विभिन्न खेलमा सहभागी हुन महिला र पुरुषतर्फ गरी ३०० पाकिस्तानी खेलाडी नेपाल आएका छन् । पाकिस्तानले अहिलेसम्म एक स्वर्ण, ३ रजत र २ कास्य गरी ६ वटा पदक हात पारेको छ ।

त्यसैगरी भारतले १२, श्रीलंकाले १४ र बंगलादेशले ११ पदक हात पारेका छन् । नेपालले २२ पदकसहित अग्रस्थान हासिल गरिरहेका बेला मालदिभ्स र भुटानका खेलाडीले मंगलबारसम्म पदक हात पार्न सकेका छैनन् ।