११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

राष्ट्रिय चलचित्र महोत्सव उपसमिति गठन

राष्ट्रिय चलचित्र महोत्सव उपसमिति गठन
अ अ+ अ-

घोराही । आगामी पुस ११, १२ र १३ गते दाङमा हुन लागेको राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव–२०७६ सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक केएल पीडितका अध्यक्षतामा सोमबार बसेको बैठकले प्रचारप्रसार, आर्थिक, चलचित्र प्रदर्शन र कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरेको हो । सोअनुसार सचिव पाण्डव शर्माको संयोजकत्वमा प्रेम राम्जा, दशरथ घिमिरे, सुशीला वली, सपना बोहरा, देव यादव, लीलाधर वली, गोविन्द खड्का, गिरिराज नेपाली र सन्तोष डाँगी सदस्य रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

त्यसैगरी कोषाध्यक्ष छविलाल कोपिलाको संयोजकत्वमा गणेश वली, इन्द्रविवश डिसी, प्रकाश चौधरी, देवका पौडेल र अञ्जली न्यौपाने सदस्य रहेको आर्थिक उपसमिति गठन गरिएको छ । भूपेन्द्र वलीको संयोजकत्वमा आदिम केसी, नवीन अभिलाषी, ऋचा बुढाथोकी, छवि पुरी, दीपक जिएम, रेखा थापा र आभाष बुढाथोकी सदस्य रहेको चलचित्र प्रदर्शन उपसमिति गठन गरिएको छ । त्यसैगरी जङ्ग रोकाको संयोजकत्वमा प्रेमा गैरे, वामदेव रिजाल, पूजा रिजाल, दीपेश पोखरेल, चोभार पौडेल, मीनराज खड्का र अञ्जना कुँवर सदस्य रहेको कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ । बैठकले महोत्सव सफल बनाउन सरकारी, गैरसरकारी निकाय तथा विभिन्न व्यक्तित्वसँग सहयोगका लागि पहल गर्ने निर्णय गरेको छ ।

प्रदेश नं ५ मा पहिलो पटक हुन लागेको राष्ट्रियस्तरको चलचित्र महोत्सवले यस क्षेत्रको चलचित्र तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने संयोजक पीडित बताउछन् । महोत्सवमा ऐतिहासिक चलचित्र प्रदर्शन गरिनेछ । त्यसैगरी चलचित्रको विकास तथा यसका अवसर र चुनौतीलगायत विषयमा राष्ट्रियस्तरको बहस गरिने उनले जानकारी दिए । महोत्सवका अवसरमा यस क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रमा राष्ट्रियस्तरका व्यक्तित्वलाई अवलोकन गराइने छ ।