२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीसँग सम्बन्धित आरोपमा स्वतन्त्र छानबिन गर्न कांग्रेसको माग



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित सम्पत्तिको स्रोतबारे उठेका प्रश्नप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले यस्ता विषयमा पारदर्शिता र जवाफदेहिताको आधारमा निष्पक्ष छानबिन गर्नुपर्ने स्पष्ट अडान पुनः दोहोर्‍याएको छ।

पार्टीका प्रवक्ता देवराज चालीसेद्वारा जारी प्रेस विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने निर्णय गरिसकेको उल्लेख गरिएको छ। लोकतन्त्रका आधारभूत स्तम्भका रूपमा पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको उल्लेख गर्दै विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको धारणा व्यक्त गरिएको छ।

विज्ञप्तिमा गृहमन्त्रीसँग जोडिएको पछिल्लो प्रकरणले सार्वजनिक चासोसँगै राजनीतिक नैतिकता र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको जनाइएको छ। पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंका रहने भएकाले छानबिनलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउने वातावरण आवश्यक रहेको पार्टीको भनाइ छ।

नेपाली कांग्रेसले सरकारसमक्ष गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन तत्काल सुरु गर्न माग गरेको छ। ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ उन्मुख हुने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमा गम्भीर असर पर्ने चेतावनी समेत दिइएको छ।

पार्टीले पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा आफू सधैं दृढ रहने र भविष्यमा पनि यही अडान कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।