७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’

सामुदायिकवनको आम्दानीको बेत बाँस

सामुदायिकवनको आम्दानीको बेत बाँस
अ+ अ-

कैलाली। कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिकवन बेत बाँसका लागि प्रख्यात छ । सामुदायिक वनले बर्सेनि लाखौँको बेत बाँस सङ्कलन गर्दै आएको छ ।

वनको प्रमुख आम्दानीको स्रोत नै बेत बाँस  हो ।  आर्थिक हिसाबले सम्पन्न सामुदायिक वनले बेत बाँसको सङ्कलनमा दर्जनौँ स्थानीयलाई रोजगारी सिर्जन गर्दै आएको छ । अहिले वनबाट काँचो बेत सङ्कलन भइरहेको छ । दर्जनौँ स्थानीय बेत सङ्कलनमा छन् । उहाँहरुले सङ्कलन गरेको बेत वनले प्रतिकेजी रु ११ मा खरिद गर्दै आएको छ ।

तीन हजार क्विन्टल बेत बाँस सङ्कलन गर्ने लक्ष्य लिएको सामुदायिक वनले आवश्यकताअनुसार कामदार नपाउँदा लक्ष्य भेटाउन मुस्किल भएको वन कार्यालय प्रमुख मीनबहादुर ठकुल्ला बताउनुहुन्छ । “अहिलेसम्म लगभग ९०० क्विन्टल सङ्कलन भएको छ । लक्ष्यअनुसार यस वर्ष पनि बेत सङ्कलन हुँदैन,” उहाँ भन्नुहुन्छ, “कामदार पाउन निकै गाह्रो हुँदा गत वर्ष पनि लक्ष्यअनुसारको बेत सङ्कलन गर्न सकिएको थिएन । वनले गत वर्ष एक हजार ४०० क्विन्टल बेत बाँस सङ्कलन गरेको थियो ।

वनमा १४६ हेक्टरमा बेत बाँस छ । त्यसमध्येको १० हेक्टरभन्दा बढी कर्णाली नदीको कटानमा परिसकेको छ । चार भागमा विभाजन गरेर वनले पाँच वर्षमा एक पटक एक भागको बेत बाँस सङ्कलन गर्दै आएको छ । “हामीले वर्षमा ७० देखि ८० लाखसम्मको बेत बाँस बिक्री गरेको रेकर्ड छ,” सामुदायिक वनका अध्यक्ष जितराम चौधरी भन्नुहुन्छ, “त्यसरी आम्दानी भएको रकम उपभोक्ताहरुलाई प्रदान गर्ने सेवामा खर्च गर्ने गरेका छौँ ।” उहाँका अनुसार बर्सेनि वनले ज्येष्ठ नागरिकलाई जाडोको समयमा कम्बल वितरण गर्दै आएको छ ।

उपभोक्ताका बालबालिकालाई छात्रवृत्ति, उपभोक्ताको परिवारमा कसैको निधन हुँदा किरिया खर्चबापत नगद वनले सहयोग गर्दै आएको छ । काँचो बेत प्रतिकेजी रु ११ मा खरिद गरेको सामुदायिक वनले त्यसलाई सुकाएर उपभोक्ताका लागि प्रतिकेजी रु ५० मा उपलब्ध गराउँदै आएको छ । बाहिर बिक्री गर्नुपर्दा प्रतिकेजी रु ९० मा बिक्री गरे पनि ‘टेन्डर’ मार्फत रु १०५ प्रतिकेजीसम्म बिक्री हुने गरेको अध्यक्ष चौधरीको भनाइ छ ।

उहाँका अनुसार बजारमा बेतको माग उच्च रहे पनि त्यो मागलाई पूरा गर्न सकिएको छैन । टीकापुरमा मात्रै बेत बाँसका फर्निचर उत्पादन गर्ने दर्जनौँ उद्योग सञ्चालनमा छन् । ती सबैको कच्चापदार्थको स्रोत त्यहीँ सामुदायिक वन हो ।

बर्सेनि कर्णाली नदीको कटानका कारण सामुदायिक वनको क्षेत्रफल खुम्चिँदै गएको छ । टीकापुर नगरपालिकाको दक्षिण पूर्वी  क्षेत्र बर्सेनि जोखिममा पर्दै गएको छ । रासस