५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar प्रधानमन्त्री शाहसँग कांग्रेसका नेताहरूको भेट, के भयो कुरा ? News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा

‘दौरा–सुरुवाल’ दिने निर्णयको बचाउमा सागका आयोजक, मन्त्री बाँस्कोटाले भने अस्विकार गरे ‘दौरा-सुरुवाल’

‘दौरा–सुरुवाल’ दिने निर्णयको बचाउमा सागका आयोजक, मन्त्री बाँस्कोटाले भने अस्विकार गरे ‘दौरा-सुरुवाल’
अ+ अ-

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)का आयोजकले मन्त्रीलाई दौरा–सुरुवाल दिने निर्णयको बचाउ गरेको छ । मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधिअनुसार र चलिआएको परम्पराअनुसार नै पोसाक दिएको उसको स्पष्टीकरण छ । ‘साग सम्पन्न गर्न प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशन समिति गठन गरिएको छ, समितिमा रहेका मन्त्रीहरूलाई पनि पदाधिकारीका रूपमा पोसाक दिइएको हो,’ १३औँ साग सचिवालयका प्रमुख कमल खनालले बताए ।

खेलाडी र व्यवस्थापकलाई पोसाक दिनु स्वाभाविक भए पनि खेलकुदबाहेकका मन्त्रीलाई पनि पदाधिकारी मानेर पोसाक किन दिइयो भन्ने प्रश्नमा आयोजकमध्येका अर्का अधिकारी भन्छन्, ‘विगतमा पनि तत्कालीन युवराजाधिराजसम्मलाई यसै गरी पोसाक दिने गरिएको थियो, त्यो हाम्रो परम्परा हो, त्यसैले मन्त्रीहरूलाई पोसाक दिनु नौलो विषय होइन ।’ नीतिगत निर्णयअनुसार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले दौरा–सुरुवाल र कोट लिइसकेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दौरा–सुरुवालबारे आफूलाई जानकारी नै नभएको दाबी गरेका छन् । मन्त्री ज्ञवालीले समाचारप्रति असन्तुष्टि जनाएका छन् भने सञ्चारमन्त्री बाँस्कोटाले खरो टिप्पणी गर्दै समाचार पुष्टि गर्न चुनौती दिएका छन् । तर, २६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको दक्षिण एसियाली खेलकुद कार्यविधिअनुसार ज्ञवाली र बाँस्कोटासहितका मन्त्री निर्देशन समितिका सदस्य बनेका हुन् ।

मन्त्रिपरिषद्बाट सोही बैठकले सागमा सहभागी हुने पदाधिकारीलाई समेत सेतो रङको दौरा–सुरुवाल, कालो टोपी, कालो जुत्ता दिने निर्णय भएको छ । मन्त्रीद्वय सहभागी मन्त्रिपरिषद् बैठकले उनीहरूलाई पनि पदाधिकारी मानेर दौरा–सुरुवाल दिने निर्णय गरेको छ । मन्त्री बाँस्कोटाले आफ्ना लागि पनि दौरा–सुरुवाल सिलाउने प्रस्ताव आएको, तर आफूले अस्वीकार गरेको बताए । ‘नीतिगत निर्णय भएको हुन सक्छ, दौरा–सुरुवाल सिलाउन मलाई पनि प्रस्ताव आएको थियो, तर यो पैसा खेलाडीको सुविधामा प्रयोग गर्नुस् भनेर मैले पठाएको हुँ, अरू क–कसले लिए मलाई थाहा छैन, मलाई घानमा पारिएकोमा मेरो आपत्ति छ,’ उनले भने ।

हतारमा सिलाउँदा कतिपय मन्त्री र पदाधिकारीको मात्र होइन, खेलाडीको समेत दौरा–सुरुवाल समयमा सिलाउन नसकिएको आयोजकको भनाइ छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूका लागि समेत दौरा–सुरुवाल सिलाउन भनिएको थियो । तर, उद्घाटन सत्रसम्म पनि उनीहरूको पोसाक तयार भएको थिएन । त्यसैले सबैजसो खेलाडीले दौरा–सुरुवालमा मार्चपास्ट गरे पनि क्रिकेटका खेलाडी ट्रयाकसुटमै हिँडेका थिए ।

तर, दौरा–सुरुवाल विवाद भएपछि खेलकुदका हरेक अधिकारीले फरकफरक प्रतिक्रिया दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले भने उच्चस्तरीय समितिका कसैलाई पनि दौरा–सुरुवाल र कोट नसिलाइएको दाबी गरे । ‘हामीले कसैलाई पनि दौरा–सुरुवाल सिलाएर दिएका छैनौँ । यसमा क्लियर हुनुस्,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट