१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गढीमाई मेलाबाट फर्कंदै गरेको भ्यान दुर्घटना, २ जनाको ज्यान नै गयो



अ+ अ-

जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको माईस्थानमा पिकअप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परि डेढ दर्जन व्यक्तिहरु पनि घाइते भएका छन् । गढीमाई मेलाबाट फर्कंदै गरेको ना ५ च १२२७ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर बुधबार बिहान ४ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा धनुषाको धनुषाधाम नगरपालिका २ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतीय नागरिक ६५ वर्षीया बर्तनीया देवी महतो रहेका छन् । उनीहरूको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

दुर्घटनामा घाईते भएका १६ जना घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ ।