३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

वैशाख–८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता

वैशाख–८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता
अ+ अ-

खोटाङ। सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८ गतेदेखि वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

वार्षिक रुपमा प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले वैशाख ८ गतेदेखि १२ गतेसम्म ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

पाँच दिनसम्म सञ्चालन हुने वडास्तरीय फुटबल प्रतियोगितामा प्रथम हुने वडाले नगद पुरस्कार रु एक लाख ११ हजार १११ तथा द्वितीय हुने वडाले नगद रु ६६ हजार ६६६ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताका सेमिफाइनलिष्ट दुई वटा वडाले रु २५ हजार ५५५ का दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगितामा बेष्ट प्लेयर एक जनालाई रु पाँच हजार ५५५ तथा बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर, हाई स्कोरर, बेष्ट कोच र राइजिङ प्लेयरलाई रु दुई हजार २२२ का दरले नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता समापनका अवसरमा जिल्लामा क्रियाशील एकजना पत्रकारलाई ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’ प्रदान गरिने आयोजकले जनाएको छ ।

सोल्मास्थित आफ्नै खेल मैदानमा सञ्चालन हुने छैटौँ संस्करणको प्रतियोगितामा जिल्लाका १४ वडाले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार वैशाख–८ गतेको पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र सोही नगरपालिकाको वडा नं ६ नेर्पा तथा दोस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाबीच हुने भएको छ ।

वैशाख ९ गते चार खेल सञ्चालन हुने आयोजकले जनाएको छ । वैशाख ९ गतेको पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, दोस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी, तेस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा र हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडा तथा  चौथो खेल साकेला गाउँपालिका–२ रतन्छा र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेबीच हुने भएको छ ।

प्रतियोगितामा जिल्लाभित्रका वडाहरूले मात्र सहभागी हुन पाउने नियम बनाइएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा सहभागी सबै खेलाडी एउटै वडाको हुनुपर्ने जनाइएको छ ।

सहभागी खेलाडीले वडा कार्यालयबाट सिफारिस साथमा नाम, थर र ठेगाना खुल्ने सक्कल कागजसहित दुई÷दुईप्रति पास्पोर्ट अनिवार्य उपलब्ध गराउनुपर्नेछ । प्रतियोगितामा कीर्ते खेलाडी सहभागी गराउने वडालाई रु २० हजार जरिवाना र तीन वर्षसम्म प्रतियोगितामा सहभागी हुन नपाउने जनाइएको छ ।

खेलमा सहभागी भएपश्चात् बहिस्कार गर्न नपाइने र कसैले बहिस्कार गरेका खण्डमा आयोजकलाई रु २० जरिवाना बुझाउनुपर्ने जनाइएको छ । खेलमा दाबी विरोध गर्नुपरेमा खेल सकिएको एक घण्टाभित्र रु २५ हजार नगदसहित उजुरी गर्नुपर्नेछ भने उजुरी परेको वडाले दुई घण्टाभित्र विवरण पेस गरिसक्नुपर्ने जनाइएको छ ।

विसं २०७० मा स्थापना भएको सोल्मा स्पोर्टस् क्लबले हरेक वर्ष वडास्तरीय प्रतियोगिता सञ्चालन गर्दै आएको छ । ‘सभ्य समाज निर्माणका निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका साथ स्थापना गरिएको सोल्मा स्पोर्टस् क्लबको अन्तरराष्ट्रिय मापदण्डको आफ्नै खेल मैदान रहेको छ । तस्वीर उपलब्ध छ ।  रासस