८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा किचलो: पूर्णबहादुरलाई कारबाहीको तयारी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाही गर्ने तयारी गरेको छ । यस बिषयमा छलफल गर्न आज ११ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । आजै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ बजे बस्दैछ ।

पार्टीको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको भए पनि खड्काले अहिले पनि कार्यबाहक सभापतिको हैसियतमा विज्ञप्ति प्रकाशन गरिरहेको भन्दै पार्टीले कारबाही गर्न लागेको हो ।

कांग्रेस सभापति गगन कुमार थापाले सोमबार नै कांग्रेसको अनुशासन समितिलाई यस विषयमा निर्देशन दिइसकेका बताइएको छ । सभापति थापाको सोही निर्देशन बमोजिम नै भोलि कांग्रेसको अनुशासन समितिको बैठक बस्न लागेको छ ।

सोही बैठकले खड्कालाई सबैभन्दा पहिला किन त्यसो गरेको हो भन्ने विषयमा स्पष्टिकरण लिने र त्यसपछि उनलाई अनुशासनको कारबाही गर्ने भएको हो ।

गत पुस २७ देखि ३० गतेसम्म आयोजित विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले गत माघ २ गते आधिकारिकता दिएको थियो । त्यसपछि खड्कासहितका १४औँ महाधिवेशनबाट आएका पदाधिकारीहरू निवर्तमान भएका थिए ।

तर पनि आयोगको त्यो निर्णयविरुद्ध १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र नेता डा।शेखर कोइराला समूहले उक्त विशेष महाधिवेशन अवैध रहेको भन्दै दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।

त्यसैले सोही रिटको अन्तिम सुुनुवाई नहुँदासम्म आफूहरुको आधिकारिकता रहने भन्दै देउवा पक्षका कार्यबाहक सभापति खड्काले सो निर्णय गरेका हुन् ।

तर पनि कार्यबाहक सभापति दाबी गर्दै आएका खडका्ले भने विेशष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई चुनौती दिएर विज्ञप्ति प्रकाशन गर्दै आएका छन् ।

खड्काले सोमबार पनि कार्यवाहक सभापतिको हैसियतमा पार्टीको लेटरप्याडमा विज्ञप्ति निकालेका थिए । त्यसपछि कांग्रेसले उठाएको प्रश्नमा उनले आफू नै आधिकारिक रहेको बताएका थिए ।