७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक

नेपालमा अबैध रूपमा बसेका चिनियालाई निष्काशन गर्न गृहमन्त्री गुरूङको चीन समक्ष अनुरोध

नेपालमा अबैध रूपमा बसेका चिनियालाई निष्काशन गर्न गृहमन्त्री गुरूङको चीन समक्ष अनुरोध
अ+ अ-

काठमाडौं: गृहमन्त्री सुधन गुरूङ र नेपालका लागि चीनका राजदूत चाङ माओमिङ बिच सोमबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई पदभार सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको दोहोर्‍याउँदै नेपालको भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने स्पष्ट पारेका थिए । उनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न नेपाल सरकार सक्षम रहेको र नेपाली भूमि कुनैपनि मुलुकविरुद्ध प्रयोग हुन नदिने बताएका थिए।

भेटमा नेपालमा भिसा नवीकरण नगरी (ओभर स्टे) भै अवैध रूपमा बसिरहेका चिनियाँ नागरिकहरूलाइ निष्कासनको कार्य अगाडि बढाउन  आवश्यक समन्वय र सहजीकरणका लागि मन्त्री गुरूङले अनुरोध गरेको पनि गृहको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, चीनको सहयोगमा सञ्चालित विकास आयोजना समयमै सम्पन्न गर्न राजदूतलाई ध्यानाकर्षण गराइएको थियो। नेपाल–चीन रेलमार्ग निर्माण तथा द्विपक्षीय व्यापार सहजीकरणका विषयमा समेत छलफल भएको जनाइएको छ।

त्यस अवसरमा, नेपाल चीन सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य बढाउन गृहमन्त्री गुरूङले राखेको प्रस्तावमा चिनिया राजदूतले यस विषयमा चीन सरकार सकारात्मक रहेको तथा नेपालका सुरक्षा निकायको क्षमता विकासको क्षेत्रमा समेत सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

यसैबीच, तातोपानी नाकाबाट आवतजावतमा समस्या भएको भन्ने समाचारप्रति गृहमन्त्री गुरुङले चासो व्यक्त गरेका थिए। त्यसबारे राजदूत चेनले चिनियाँ पक्षबाट कुनै अवरोध नभएको स्पष्ट पारेका छन्।

भेटवार्तामा नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आगामी दिनमा सहकार्य विस्तार गर्ने सहमति भएको जनाइएको छ।