३ भाद्र २०८३, बुधबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्णमा गौरिकाको ह्याट्रिक, एकै पटक तिन स्वर्ण जित्ने गौरिका को हुन् ?



अ+ अ-

काठमाडौं । १७ वर्षीया गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग) मा तेस्रो स्वर्ण पदक जित्दै नयाँ इतिहास रचेकी छन् । सागको एकै संस्करणमा तीन स्वर्ण जित्ने कीर्तिमान कायम गरेकी हुन् । गौरिकाकै प्रर्दशनका कारण सागमा नेपालले ३४ वर्षपछि पहिलो पल्ट स्वर्ण पदक जितेको थियो । सातदोबाटोस्थित हिटिङ स्टिमको नयाँ इन्डोर स्विमिङ हलमा गौरिकाले चार सय मिटर फ्रिस्टाइलमा जित हासिल गर्दै तीन स्वर्ण जित्न सफल भएकी हुन् । उनले निर्धारित दुरी ४ मिनेट २५ दशमलव २८ सेकेन्डमा पूरा गर्दै भारतकी सिवांगी शर्मालाई पछि पारिन् ।

सिवांगीले ४ मिनेट २६ दशमलव २२ सेकेन्डमा दुरी पुरा गरिन् । तेस्रो स्थान हासिल गरेकी श्रीलंकाकी रामुदी नुदाराले ४ मिनेट ४१ दशमलव ९१ सेकेन्डमा दुरी पूरा गरिन् । १३ औँ सागमा गौरिकाको तेस्रो स्वर्ण हो । यसअघि उनले २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन् । जारी सागमा यो नेपालले जितेको ४५ औँ स्वर्ण पदक हो । गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाइ १ सय मिटर फ्रीस्टाइल रिलेमा कांस्य हात पारेकी थिइन् ।

उनले आइतबार ५० ब्याकस्टोकमा भने रजतमै चित्त बुझाउनु पर्यो । यसअघि उनले सय मिटर ब्याकस्टोकमा पनि रजत नै जितेकी थिइन् । आइतबार गौरिकासहितको नेपाली टिमले ८ सय मिटर फ्रिस्टायल रिलेमा कांस्य जितेको छ । यसअघि नेपाली महिला टिमले चार सय मिटर फ्रिस्टायल रिलेमा पनि कांस्य जितेको छ । आइतबारसम्ममा गौरिकाले पदक संख्या ७ पुर्याएकी छिन् ।

सन् २०१६ मा भारतमा भएको सागमा उनले ४ पदक जितेकी थिइन् । जसमा १ रजत र ३ कांस्य समावेश थिए । गौरिकाले सागमा समग्रमा ३ स्वर्ण, ३ कांस्य र ५ रजत जित्दै इतिहास कोरिसकेकी छिन् । यससँगै गौरिकाले नेपाली खेलकुदको इतिहासमा एकै संस्करणमा सर्वाधिक सफल खेलाडी बन्ने कीर्तिमान कायम गरेकी छिन् । समग्रमा सर्वाधिक सफल खेलाडी भने तेक्वान्दोका दीपक विष्ट रहेका छन् । उनले सागमा ४ स्वर्ण जितेका छन् । सौर्य दैनिकबाट