१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्ले मार्ला बाजी ? स्वर्णका लागि आज नेपाल र भारत भिड्दै



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत आज (सोमबार) भिड्दैछन् । खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ ।राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुई टिम फाईनल चरण प्रवेश गरेका हुन् । भारत लिग विजेता र नेपाल उपविजेताको रुपमा उपाधि भिडन्त पक्का गरेका हुन् । अधिकांश समय भारतविरुद्व हावी देखिएपनि नेपालले भारतविरुद्व गोल गर्न भने सकेन ।

फाईनल खेलमा नेपाल सोही कमजोरी सुधार गर्दै स्वर्ण जित्ने दाउमा छ । नेपाल सागको महिला फुटबलमा सधै रजत पदकमा सिमित हुँदै आएको छ । सागमा स्वर्णको लक्ष्य सहित नेपाली महिला टिमले निरन्तर प्रशिक्षण गर्दै आएको थियो । पोखरा रंगशालामा घरेलु दर्शकका लागि साक्षी राखेर पहिलो ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्यमा नेपाल हुनेछ ।

नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई ६–० ले हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० ले हराएको थियो । यस्तै लिग चरणको अन्तिम खेलमा भारतसंग १–० ले पराजित भएको थियो ।