१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो टी–ट्वान्टीमा भारतविरुद्धको वेष्ट इण्डिजको जित



अ+ अ-

काठमाडौं । घरेलु टिम भारतविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा वेष्ट इण्डिजले जित निकालेको छ । आइतबार राति भएको खेलमा वेष्ट इण्डिजले भारतलाई ८ विकेटले पराजित गरेको हो ।भारतले दिएको १ सय ७१ रनको लक्ष्य वेस्ट इण्डिजले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

वेष्ट इण्डिजका लागि लेन्डल सिमोन्सले अविजित ६७ रन जोड्दा इभान लेविसले ४० रन बनाए । निकोलस पुरन ३८ रनमा अविजित रहे । भारतका वासिङ्गटन सुन्दर र रविचन्द्र जडेजाले एक एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन जोडेको थियो ।

भारतका सिभम डुबेले ५४ रन जोडे । ऋषब पन्तले अविजित ३३ रन बनाए । वेष्ट इन्डिजका केस्रिक विलियम्स र हेडेन वाल्शले दुई दुई विकेट लिए । जितसँगै वेष्ट इण्डिजले तीन खेलको सिरिजमा ११ को बराबरी गरेको छ । यस अघि भएको पहिलो खेल भारतले जितेको थियो ।