५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम मन्त्री साहलाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई रास्वपाको सिफारिस (पत्र सहित)



अ+ अ-

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार साहलाई पदबाट हटाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ।

पार्टीका सभापति रबि लामिछानेद्वारा हस्ताक्षरित पत्रमार्फत मन्त्री साहले पदको दुरुपयोग गरेको आरोप लगाइएको छ। पत्रअनुसार उनले लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बीमा बोर्डको सदस्यमा आफ्नी श्रीमतीलाई नियमित गराउन भूमिका खेलेको उल्लेख गरिएको छ।

रास्वपाको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट उक्त कार्य पुष्टि भएको र आवश्यक कारबाहीका लागि सिफारिस गरिएको जनाइएको छ। पार्टीले यस घटनाले आफ्नो छवि, आदर्श र सिद्धान्तमा आंच पुगेको निष्कर्ष निकालेको छ।

पार्टी विधानको व्यवस्था अनुसार पदको दुरुपयोग भएको ठहर गर्दै मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न र आवश्यक कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ। साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई समेत सचेत गराउन सिफारिस गरिएको छ।

हेर्नुस् पत्र




भर्खरै