१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई हराएर नेपालको स्वर्ण जित्ने सपना अधुरै



अ+ अ-

पोखरा । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा नेपाल भारतसंग पराजित भएको छ । यससँगै नेपालको स्वर्ण जित्ने सपना १३ औं सागमा पनि अधुरै रह्यो ।

सागमा महिला फुटबल २०१० बाट समावेश भएसँगै तीनवटै संकरणको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै आएको छ । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपाल विगतको हारको बदला लिन चाहन्थ्यो ।

तर पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई २–० गोल अन्तरले हरायो । उसका लागि दुबै गोल बालादेवीले गरिन् ।