१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटकाबीच सम्मेलन, के माओवादीले फेरि प्रचण्डपथ बोक्दैछ ?



अ+ अ-

विसं २०७५ ३ जेठमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा फेरि बिभाजन भएको छ । अनि विभाजित माओवादीले तुरुन्तै सत्तारोहण पनि गरेको छ । अहिले माओवादी सत्तामा छ भने एमाले प्रमुख प्रतिपक्षी दलको हैसियतमा ।

संसदको सबैभन्दा ठूलो दल एमालेले एमालेले (१०–१४ मंसिर) मा चितवनमा आफ्नो दशौं महाधिवेशन पनि गरिसकेको छ । उसले अब जनताको बहुदलीय जनवाद (जबज) मार्गदर्शक सिद्धान्त मान्ने निर्णय पनि गरेको छ ।

तर यसअघि एकता हुँदाको समाजवादी विचारको अवस्था अब के हुन्छ ? अर्थात् त्यस समय प्रचण्डपथ त्यागेर एमालेमा विलय भएको माओवादीको विचार अब के हो भन्ने विषयको बहस पार्टीभित्र भन्दा पनि बाहिर बढी चर्चामा छ । तर यथार्थमा अर्थात् पार्टीमा यो बहस चल्छ कि चल्दैन ? अर्थात् माओवादीले आफ्नो पार्टीको भावी कार्यदिशा अब के हुने भन्ने बैचारिक बहसलाई आजदेखि सुरु हुने राष्ट्रिय सम्मेलनमा ल्याउँछ कि ल्याउँदैन ?

राजनीतिक कार्यदिशा टुंग्याउन लागिपरेको छ त भनिएको छ तर यो बहस नेतृत्वका कारण छायाँमा पर्छ कि भन्ने पनि छ । १३ वर्ष पहिले छोडेको प्रचण्डपथबारे कतिपय नेताहरूको अभिव्यक्तिले पनि राजनीतिक कार्यदिशाबारे छलफल सघन बनेको बुझ्न सकिन्छ । यसको निक्र्यौल भने गाह्रो छ ।

अघिल्लो हप्ता एक सार्वजनिक कार्यक्रममा स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रचण्डपथ छोडेर गम्भीर गल्ती भएको बताएका थिए । अहिले अर्थमन्त्री रहेका शर्माले भनेका थिए, ‘पार्टी नेतृत्वले प्राधिकार प्राप्त गरेको थियो त्यो (प्रचण्डपथ), समाप्त भयो र हामी कमजोर भयौं । हाम्रो सकारात्मक पक्षहरुलाई हामीले छोड्यौ र हाम्रो उपलब्धीप्रति गर्जिएर यो हामीले गरेको परिवर्तन भन्न सकेनौं ।’

अर्कातर्फ हिजोमात्र प्रचण्डले माधव नेपालसँग पार्टी एकताको कुरा भएको बताएका थिए । उनले भनेका छन् कि ढिलोचाँडो हामी एक ठाउँमै हुदैछौँ, त्यसको पहल हामीले गरिरहेका छौँ । त्यस्तै उनले केही अघि कम्युनिष्ट घटकहरुबीचको सहकार्य र एकताका लागि बाबुराम भट्टराईसँग पनि कुरा चलाएको बताएका थिए । माओवादीबाट फुटेर गएका नेताहरु मोहन बैद्य र बिप्लवसँग उनले यस विषयमा चर्चा पनि चलाएका छन् । सबैतिरबाट एक्लिएका प्रचण्डले यो पहल नगर्लान् भन्न पनि सकिएन । 

तर यसो हुँदा के माओवादी पार्टीले प्रचण्डपथको कार्यदिशा अंगाल्न सक्छ ? किनकि प्रचण्डपथलाई नमान्ने एउटा पंक्ति माओवादी केन्द्रको हिस्सा बनिसकेको छ । एमालेसँग एकता हुनुअघि माओवादी केन्द्रले माओवाद र एक्साइसौं शताब्दीको जनवादलाई पथप्रदर्शक मान्ने गरेको थियो । प्रचण्डपथ भने २९ पुस २०६५ मा एकता केन्द्र मसालसँग एकता भएपछि छोडेको थियो ।

माओवादी केन्द्रलाई लगातार राजनीतिक कार्यक्रम, पार्टी नाम र चुनाव चिह्न बदलिरहनुपर्ने समस्या धेरै छ । सायद पार्टी भित्र मौसम मौसममा पलाउने एकताको चाहना र विभाजनको बाध्यताकै कारणले यस्तो समस्या भोगिरहेको पनि होला । तर यो समस्या नभएर अस्थिरता भएको माओवादीकै कतिपय नेतृत्व तहका नेताहरुको दाबी छ । 

गएका तीन दशकमा यो पार्टीले नाम मात्रै ६ पटक फेरेको छ– एकता केन्द्र, नेकपा माओवादी, एकीकृत नेकपा माओवादी, माओवादी केन्द्र, नेकपा र माओवादी केन्द्र । राजनीति पार्टी भनेको विचारको वहसलाई बोक्ने संगठन हो । विचार र सिद्धान्त विनाको पार्टी हुदैन । यदि भयो भने त्यसको हालत अहिलेको रविन्द्र मिश्रको पार्टीजस्तै हुन्छ, जन्मिन नपाउँदै फुट्ने तरखर गर्ने ।

अनि यसरी पटकौँसम्म नाम र कार्यदिशा नै फेरिरहने पार्टीको यो अवस्थालाई के भन्ने ? सायद यही भएर होला राष्ट्रिय सम्मेलन भेला या त्यस्तै कार्यक्रम आयोभने माओवादीले अब के फेर्ने हो भन्ने चर्चा सुरु हुन्छ । तिनै मानिसहरुले अहिले पनि भनिरहेका छन्– के माओवादी पार्टीले प्रचण्डपथलाई फेरि बोक्ला ?