५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० वर्षपछि बक्सिङमा यी दुईले नेपाललाई दिलाए दुई स्वर्ण



अ+ अ-

काठमाडौं । सागअन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ । सातदोबाटोमा सोमबार भएको खेलमा मीनु गुरुङ र भुपेन्द्र थापाले नेपालका लागि स्वर्ण पदक दिलाएका हुन् । मीनुले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

alS;ªdf :j0f{ kbs sf7df8f}F, @# dª\l;/ M t]x|f}F blIf0f Pl;ofnL v]ns’b -;fu_ cGtu{t ;f]daf/ ;ft bf]af6f]l:yt sa8 xndf %$ s]hLsf] alS;ª k|ltof]lutfdf ldg’ u’?ªn] :j0f{ kbs lht]kl5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

अघिल्लो संस्करणमा कांस्य पदक विजेता मिनुले फाइनल प्रतिस्पर्धामा श्रीलंकन र भारतीय खेलाडीलाई हराएकी हुन् । यसैगरी ६४ केजी तौल समूहमा भारतीय बक्सरलाई पराजित गर्दै थापाले पनि स्वर्ण पदक जितेका हुन् । उनले भारतका मनिष कौशिकलाई हराएर स्वर्ण जित्न सफल भएका हुन् ।

सन् २०१८ को कमन वेल्थ गेम्समा रजत पदक जितेका मनिषलाई हराउन पावरले पेलेरै जानुपर्ने रणनीतिमा आफू उत्रिएको उनले बताए । यसअघि नेपालले सन् १९९९ काठमाडौंमा भएको आठौँ सागमा बक्सिङतर्फ दुईवटा स्वर्ण जितेको थियो । सन् १९९९ मा नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए ।