१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव



अ+ अ-

तेहरान। इरानको रिभोलुसनरी गाड्र्सले होर्मुज जलडमरूमध्य हुँदै सञ्चालन हुने महत्वपूर्ण समुद्री मार्ग इरानका ‘शत्रु’ सँग सम्बन्धित बन्दरगाहतर्फ जाने र त्यहाँबाट आउने जहाजका लागि बन्द गरिएको घोषणा गरेको छ ।

विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त संवेदनशील मानिने यस मार्गमा लगाइएको प्रतिबन्धले क्षेत्रीय तथा विश्वव्यापी समुद्री यातायातमा तनाव थपिएको छ ।

उपलब्ध तथ्याङ्क अनुसार, पछिल्लो २४ घण्टामा होर्मुज जलडमरूमध्यको पश्चिमी खाडी क्षेत्रमा कुल दुई हजार २६८ वटा जहाजले आफ्नो पहिचान सङ्केत प्रसारण गरेका छन् ।

तीमध्ये ४७ वटा अत्यन्त ठूलो क्षमताका कच्चा तेल बोक्ने ट्याङ्कर रहेका छन् भने ९ वटा ठूलो परिमाणमा तरल ग्यास ढुवानी गर्ने जहाज छन् । यसले उक्त क्षेत्रमा ऊर्जा ढुवानीको उच्च सक्रियता अझै कायम रहेको देखाउँछ, यद्यपि सुरक्षा जोखिम बढिरहेको छ ।

युद्ध सुरु भएयता यस मार्ग प्रयोग गर्ने जहाजको प्रकृतिमा उल्लेखनीय परिवर्तन देखिएको छ । विश्लेषण अनुसार, कुल आवतजावत मध्ये करिब ४९ प्रतिशत जहाज अमेरिका, युरोपेली सङ्घ तथा बेलायतद्वारा प्रतिबन्धित सूचीमा परेका छन् । यसले अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद पनि यस्ता जहाज सक्रिय रूपमा सञ्चालनमा रहेको देखाउँछ ।

विशेष गरी तेल र ग्यास ढुवानी गर्ने ट्याङ्करको हकमा अवस्था झनै स्पष्ट देखिन्छ । यस प्रकारका जहाजको कुल यात्रा मध्ये करिब ६५ प्रतिशत प्रतिबन्धित जहाजले गरेको पाइएको छ, जसले ऊर्जा आपूर्ति शृङ्खलामा जोखिम र अनिश्चितता बढाएको सङ्केत गर्दछ ।

होर्मुज जलडमरूमध्यमा देखिएको यो अवस्था विश्व ऊर्जा बजार, समुद्री व्यापार तथा भूराजनीतिक स्थिरताका लागि गम्भीर चिन्ताको विषय बन्न सक्ने विश्लेषकले बताएका छन् । रासस/एएफपी