६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु)

नेपाल–भारत सीमा उल्झन्: नेपालले पठाएको पत्रको बेवास्ता गर्दै भारतले जवाफ नै दिएन

नेपाल–भारत सीमा उल्झन्: नेपालले पठाएको पत्रको बेवास्ता गर्दै भारतले जवाफ नै दिएन
अ+ अ-

काठमाडौं । नेपाल र भारतबीच सीमा विवाद समाधानका लागि नेपालले पठाएको पत्रको जवाफ भारत सरकारले अहिलेसम्म पनि नदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै एक महिनाअघि चुलिएको विवाद समाधानका लागि नेपाल सरकारले कूटनीतिक तहबाट पहल गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतलाई दुई साताअघि पत्र पठाएको थियो । सो पत्रको विषयमा कुनै पनि जवाफ नआएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

‘नेपालले भारतको जवाफीपत्र कुरिरहेको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘आशा छ केही समयमा त्यसको जवाफ भारतले दिनेछ ।’ सीमा विवादको विषयमा भारतलाई पठाएको पत्रबारे कुनै जवाफ नआएको विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा समेत परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी गराएका थिए । सीमा विवादको विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक पहल गर्ने विषयमा समेत मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो । भारतले जवाफ पठाउन ढिलाइ गरेपछि अबको कूटनीतिक पहल कसरी गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भएको बताइएको छ ।

नेपालले पठाएको पत्रको जवाफ भारतले अहिलेसम्म नपठाएपछि तत्काल सीमा विवाद समाधानका लागि नेपालले विशेष दूत पठाउने सम्भावना समेत टरेको जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले विशेष दूतका रूपमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई पठाउने भनिए पनि सो सम्भावना तत्काललाई टरेको छ । नेपालको तर्फबाट प्रधानमन्त्रीबाटै पहलकदमी गर्ने विषयमा छलफल भइरहेको स्रोतले जनायो । भारतले सार्वजनिक गरेको नयाँ नक्साले कालापानी र लिपुलेकको सीमा विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएर सीमा विवाद समाधानको विषय छलफल गरेका थिए ।

सर्वदलीय बैठकपछि सरकारले नेपालको सीमा क्षेत्र भारतमा परेको विषयमा पत्र लेखेर जवाफ मागेको थियो । भारतबाट अतिक्रमित सो क्षेत्रमा अहिले पनि नेपालको उपस्थिति छैन । भारतीय सेनाले क्याम्प खडा गरेर बसेको सो क्षेत्रबाट नेपाल आउन भारतको स्वीकृति लिनुपर्ने बाध्यता छ । तर, नेपाल सरकार सो ठाउँमा आफ्नो उपस्थिति कायम गर्न असफल रहँदै आएको छ । नेपालको कमजोर कूटनीतिको फाइदा उठाउँदै भारतले एक पक्षीय ढंगबाट आफ्नो राजनीतिक नक्सामा नेपालको भूमिलाई आफ्नो नक्सामा पारेको छ । लिपुलेक र कालापानीको विषयमा पटकपटक विरोध हुँदै आएको भए पनि भारतले आफ्नो नक्सामा उल्लेख गरेपछि सो विवाद उत्कर्षमा आएको हो ।

भारतले जारी गरेको नयाँ नक्सामा जम्मु तथा कस्मिर दुई फरक प्रशासनिक क्षेत्रमा विभाजन गरेको छ । यो नक्सालाई पाकिस्तानले मान्न अस्वीकार गरेको छ । सन् १९६२ मा भारत–चीन युद्धको समयमा कालापानीमा भारतले सैनिक ब्यारेक निर्माण गरेको थियो । भारतीय पक्षले कृत्रिम नदी निर्माण गरेको छ । भारत त्यसैलाई काली नदीको उत्पत्तिस्थल दाबी गर्छ र कालापानी नियन्त्रणमा राखेको छ । तर, नेपालले कालापानी आफ्नो भूभाग भएको बताउँदै आएको छ ।

यसअघि भारत र चीनबीच सन् २०१४ लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने विषयमा भएको सहमतिको नेपालले विरोध गरेको थियो । नेपालले सन् १८१६ भएको सुगौली सन्धिविपरीत भन्दै आपत्ति जनाएको थियो । महाकाली एकीकृत सन्धि २०५३ संसद्बाट पारित हुँदा पनि यो विषय उठेको थियो । नदीको उद्गमस्थलको पहिचानबिनै त्यो सन्धि पारित गरिएको थियो । तत्कालीन भारतीय राजदूत केभी राजनले नेपालको भूभाग भए त्यो फिर्ता गर्छौं भनेका थिए । तर, सीमा विवाद समाधान गर्नेतर्फ दुवै देशले खासै चासो दिएको देखिँदैन ।

सन् १८६० मा चीनसँग युद्धको दौरानमा भारत काली तरेर नेपाली भूमि अतिक्रमण गर्दै अघि बढ्यो । अतिक्रमण गर्दै भारतीय लिपुलेक आए र त्यहीँबाट बगेको खोलालाई कालीनदी भनेर एकतर्फी रूपमा घोषणा गरेको थियो । यसरी लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३१० वर्गकिलोमिटर क्षेत्र भारतले कब्जा गर्नुका साथै नेपाली भूमि कालापानीमा भारतीय फौज बंकरसहित तैनाथ गरेको छ । त्यसपछि थप ६२ वर्गकिलोमिटर पूर्व आइसकेको छ ।

यसरी सो क्षेत्रमा मात्रै भारतले ३७२ वर्गकिलोमिटर जमिन मिचिसकेको छ । भारतीय सेना अहिले सो ठाउँमा परेड खेलिरहेको छ । भारत सरकारले प्रकाशित गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा परराष्ट्र मन्त्रालयले एक महिनाअघि नै नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र सम्बन्धमा कालापानी क्षेत्र नेपालको भूभाग हो भनेर स्पष्ट पारिसकेको छ । राजधानी दैनिकबाट