३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति
अ+ अ-

लुम्बिनी, २२ चैतः प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान पु¥याउँदै आएको बताउनुभएको छ ।

नेपाली सेनाले आफ्नो ऐतिहासिक परम्परालाई कायम राख्दै वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा थप विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्दै लैजानु सबैको साझा दायित्व भएको स्मरण उहाँले गराउनुभएको छ ।

नेपाली सेनाद्वारा मध्य पश्चिम मुख्यालय बुटवलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै प्रधानसेनापति सिग्देलले देशको सार्वभौमिकताको रक्षाका लागि सेनाले निर्वाह गरेको भूमिकालगायत आन्तरिक सुरक्षा, विकास निर्माण, विपत् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनाले नेपाली सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय एवं सम्मानित संस्थाका रूपमा स्थापित गरेको बताउनुभयो ।

उहाँले हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले देखाएको उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र एवं कार्य कुशलताको सर्वत्र प्रशंसा भएको बताउँदै यस कार्यमा अवकाश प्राप्त भूतपूर्वसैनिकहरूको महत्वपूर्ण योगदान रहेको आफूले अनुभूत गरेको उल्लेख गर्नुभयो ।

“हामीसँग हाम्रा वीर पुर्खाहरूले गर्नुभएको त्याग, तपस्या, बलिदान, कर्तव्यपरायणता र अटल राष्ट्रभक्तिले त्यति नै जीवन्त र गर्विलो इतिहास सार्थी छ”, उहाँले भन्नुभयो, “सैनिक अनुशासन, सैनिक चेन अफ कमान्ड, सङ्गठनको अराजनीतिक चरित्र, एकताको भावना र साङ्गठनिक लक्ष्य प्राप्तिका अविच्छिन्न केन्द्रित हुने परम्पराले हाम्रो इतिहासलाई थप गौरवशाली बनाएको छ ।”

प्रधानसेनापति सिग्देलले भूतपूर्वसैनिक सम्मेलन तथा पुनर्मिलन कार्यक्रम केवल अवकाश प्राप्त सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका परिवारजनहरूको पुनर्मिलन मात्र नभई हामी बीचको भावनात्मक सम्बन्ध थप सुदृढ गर्ने, हिताधिकारीका वास्तविक समस्या बुझ्ने, कल्याणकारी कार्यक्रमलाई समयानुकूल सुधार गर्ने र भविष्यका लागि तय गरिने नीति तथा कार्यक्रमलाई व्यावहारिक बनाउने अवसरका रुपमा आयोजना गरिएको बताउनुभयो ।

उहाँले नेपाली सेना, कल्याणकारी बोर्डले देशमा रहेका हितकारीहरूलाई एउटै छानामुनि ल्याउनका लागि सञ्जाल बनाउने र विस्तार गर्ने कार्य गर्दै आइरहेको बताउँदै हितकारीहरूको सङ्ख्याका आधारमा देशव्यापी राष्ट्रिय सञ्जालका रूपमा वडा तहसम्म विस्तार गर्ने अभियान तीव्र गतिमा अघि बढाइएको बताउनुभयो । “यस किसिमको सञ्जाल विकासको मुख्य उद्देश्य कोषबाट प्रदान गरिएका सेवा र सुविधासम्बन्धी जानकारी दिने, भूतपूर्वसैनिक तथा परिवारको समस्या सुन्ने र समाधानमा सहजीकरण गर्ने हो,” उहाँले भन्नुभयो, “यस सञ्जाललाई प्रभावकारी बनाउन यहाँहरूको आबद्धता, सक्रिय सहभागिता र सुझाव अत्यन्त महत्वपूर्ण रहनेछ ।”

प्रधानसेनापतिले कल्याणकारी कार्यहरूको निरन्तरता र विस्तारका लागि कोषको आयस्रोतको दिगोपन र प्रभावकारी व्यवस्थापन निकै जरुरी रहने बताउदै नेपाली सेनामा विद्यमान कल्याणकारी सुविधाहरू विकेन्द्रीकृत, पारदर्शी एवं परिणाममुखी र आत्मनिर्भर बनाउँदै हितकारीहरूको जीवन स्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, स्वरोजगार तथा सीप विकासलगायतका क्षेत्रहरूमा हितकारीहरूको अधिकतम पहुँच विस्तार गर्दै लैजाने प्रयास जारी रहेको बताउनुभयो ।

कल्याणकारी कार्यक्रमहरूको सहज पहुँच तथा सेवा सुविधाहरूको विस्तारीकरण र दिगोपनमा जोड दिएको र कोषबाट उपलब्ध गराउँदै आइरहेको कल्याणकारी मासिक भत्ता, बहालवाला तथा भूतपूर्वसैनिकका अध्ययनरत सन्ततिहरूलाई दिइने छात्रवृत्ति, सम्पूर्ण हितकारीहरूले पाएको अस्वस्थ उपचार सुविधा, इच्छुक तथा लगनशील हितकारीहरूलाई स्वरोजगार उन्मुख हुन दिइने सहुलियतपूर्ण कर्जा तथा उद्यमशीलता विकास कार्यहरूमा समयसापेक्ष सुधार गरिँदै लगिएको जानकारी गराउनुभयो ।

प्रधानसेनापतिले समग्र आर्थिक क्षेत्रमा आएको सङ्कुचन र सुस्तताका कारण बैङ्किक क्षेत्रमा थपिएको चुनौती र नेपाली सेनाको मुद्दति निक्षेपको ब्याज आम्दानीमा आएको भारी गिरावट तथा शान्ति स्थापनामा खटिएका फौजहरूको सङ्ख्यामा भएको कटौतीका कारण कल्याणकारी कार्यहरूको सञ्चालन र दिगोपनामा चुनौती देखापरेको बताउनुभयो ।

नेपाली सेना सैनिक कल्याणकारी कोषका कार्यकारी प्रमुख हिरालाल जोशीले कल्याणकारी कोषको स्व–आम्दानीको स्रोत घट्दै गएको जानकारी गराउँदै कोषद्वारा यसअघि सञ्चालित शिक्षा, स्वास्थ्य, रोजगारलगायतका सेवासुविधाहरू सञ्चालन गर्न कठिनाइ हुँदै गएको बताउनुभयो ।

प्रधानसेनापतिले उद्यमशीलतामार्फत जीवनस्तर सुधार्नका लागि नेपाली सेना कल्याणकारी बोर्डले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कसँगको समन्वयमा सहुलियतपूर्ण ऋण कार्यक्रम र सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

त्यस अवसरमा सम्मेलनमा उपस्थित भएका भूतपूर्वसैनिक तथा बहालवाला तथा भूतपूर्व सैनिकका अशक्त आश्रित परिवारमध्ये विभिन्न कर्जा प्राप्त गर्ने ऋणीहरूलाई चेक हस्तान्तरण, कल्याणकारी कार्यक्रमअन्तर्गत सर्वोत्कृष्ट र उत्कृष्ट लघुउद्यम व्यवसायीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिलालाई सम्मान तथा आफ्ना चार जना वा सोभन्दा बढी सन्तानलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गरेको योगदानको कदरस्वरुप आमाबाबुमध्ये एक जनालाई कदरपत्र तथा नगद पुरस्कार गरिएको थियो ।

साथै बहालवाला तथा भूतपूर्व सैनिकका अशक्त आश्रितहरूलाई ह्विल चियर तथा वैशाखी वितरण गरिएको थियो ।रासस