१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

एन्फाको चुनाव हुन नसके निलम्बन हुन्छ: फिफा

एन्फाको चुनाव हुन नसके निलम्बन हुन्छ: फिफा
अ अ+ अ-

काठमाडौं: अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले एउटा पत्र पठाई अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन सात दिनभित्र हुने सुनिश्चित नभए निलम्बन प्रक्रिया अघि बढ्ने चेतावनी दिएका छन् ।

एन्फा महासचिव किरण राईलाई संयुक्त पत्र लेख्दै ७ दिनभित्र निर्वाचन प्रक्रिया पुन: सुरु गर्न र अन्तिम रूप दिन निर्देशन दिएका छन् ।

पत्रमा लेखिएको छ, यदि राखेपले उक्त निर्णय रद्द वा खारेज नगरेमा र यो पत्र प्राप्त भएको सात दिनभित्र एन्फालाई उक्त निर्णयको कुनै प्रभाव नरहेको र एन्फाले राखेपद्वारा लगाइएको निलम्बन पूर्वको अवस्थाबाट आफ्नो चुनावी प्रक्रिया पुन: सुरु गरी सम्पन्न गर्न सक्ने कुरा लिखित रूपमा सुनिश्चित नगरेमा, यो विषय एन्फालाई तत्काल निलम्बनका लागि फिफा काउन्सिलमा पेश गरिनेछ ।

पत्रमा हामी २७ मार्च २०२६ मा सम्पन्न हुने तर स्थगित भएको एन्फा चुनावी साधारण सभामा सहभागी हुन आएका फिफा र एएफसी प्रतिनिधिहरूको हालैको संयुक्त भ्रमणलाई स्मरण गराउन चाहन्छौ भनिएको छ ।
‎
‎राखेपले कार्यकारी समितिको निर्णय अनुसार एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको छ । पत्रमा अगाडि भनिएको छ, हामीलाई यो पनि जानकारी भएको छ कि राखेपले एन्फालाई जारी चुनावी प्रक्रिया रोक्न, एन्फा विधानका केही प्रावधानहरू संशोधन गर्न, र जिल्ला संघहरूलाई उनीहरूको विधान संशोधन गरी चुनावी साधारण सभाहरू गर्न निर्देशन दिएको छ।
‎
राखेपको निर्णयले निर्धारित चुनावी साधारण सभाको एक दिन अगाडि नै एन्फाको चुनावी प्रक्रियालाई अप्रत्याशित रूपमा रोकेको देखिन्छ। यसबाहेक, यसले एन्फालाई आफ्नो विधान संशोधन गर्न बाध्य तुल्याएको छ। यस्तो निर्णयले स्पष्ट रूपमा एन्फालाई आफ्नो मामिलाहरू स्वतन्त्र रूपमा व्यवस्थापन गर्नबाट रोक्छ र यो तेस्रो पक्षको अनुचित हस्तक्षेपको स्पष्ट उदाहरण हो, पत्रमा भनिएको छ ।
‎
हामी स्मरण गराउन चाहन्छौं कि सदस्य संघको निलम्बनले फिफा विधानमा परिभाषित गरिए अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता र फिफा तथा एएफसीका विकास कोषहरूमा पहुँच लगायतका सम्पूर्ण सदस्यता अधिकारहरू गुम्नेछ, पत्रमा चेतावनी दिइएको छ ।

साथै, निलम्बन कायम रहुन्जेल अन्य सदस्य संघहरूलाई एन्फासँग खेलकुद सम्बन्ध राख्न प्रतिबन्ध लगाइने पनि भनिएको छ ।