२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको मर्यादा कायम हुनेगरी काम हुन्छः नवनिर्वाचित सभामुख अर्याल



अ+ अ-

काठमाडाैँ । नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सभामुख निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिँदै उनले संविधान र कानूनको पालना गर्दै सबै सांसदहरुको सम्मान हुनेगरी आफू अघि बढ्ने समेत बताए । नवनिर्वाचित सभामुख अर्यालले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताएका हुन् ।

उनले भने, “संविधान, कानून राम्रोसँग हेरेको छु मैले । त्यसलाई पालना गरेर सबै माननीय ज्यूहरुलाई सम्मान हुने किसिमबाट सदनको मर्यादा कायम हुने किसिमबाट काम हुन्छ । निष्पक्ष भूमिका निर्वाह हुनुपर्छ, हुन्छ ।”

नवनिर्वाचित सभामुख अर्यालले संविधान र कानूनको ज्ञान आफूलाई राम्रोसँग भएकाले संसदलाई सोहीअनुसार अघि बढाउने बताए ।