१४ श्रावण २०८३, बिहीबार
,
Latest
देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह चौध लाख बढीका भन्सार छलीका सामान बरामद मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट राहदानी विभागले थप आवेदन फारम खोल्ने प्रधानमन्त्रीको सम्बोधन:सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने गतिविधिमाथि कडा कदम चालिने अमेरिका–इरान वार्ता प्रयास जारी रहेको पाकिस्तानको भनाइ, द्वन्द्वरत पक्षद्वारा आक्रमणमा जोड मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलेन्स्कीसँगको भेटमा एर्दोगानद्वारा युक्रेन–रुस शान्ति वार्ताका लागि पुनः प्रतिवद्धता व्यक्त



अ+ अ-

काठमाडौँ। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटमा युक्रेन र रुसबीचको वार्तालाई टर्कीले निरन्तर समर्थन गर्ने कुरामा पुनः जोड दिनुभएको छ ।

यस क्षेत्रमा शान्ति र स्थिरताको तत्काल आवश्यकता रहेको कुरामा उहाँले विशेष जोड दिनुभयो । इस्तानबुलस्थित डोल्माबाहचे राष्ट्रपतीय कार्यालयमा दुई नेताबीच झन्डै एक घण्टाभन्दा बढी समयसम्म बन्द कोठामा छलफल भएको थियो ।

वार्ता पश्चात टर्कीको राष्ट्रपतीय सञ्चार निर्देशनालयले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुई नेताबीच द्विपक्षीय सम्बन्ध, जारी द्वन्द्व समाधानका लागि शान्ति पहल र विस्तृत क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे छलफल भएको जनाएको छ ।

कार्य सत्रको क्रममा राष्ट्रपति एर्दोगानले काला सागरमा सामुन्द्रिक परिवहन सुरक्षाको गम्भीर महत्व र ऊर्जा आपूर्ति सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

साथै, निरन्तर रणनीतिक कदमहरू मार्फत युक्रेनसँगको द्विपक्षीय व्यापार अभिवृद्धि गर्न टर्की दृढ रहेको पनि उहाँले व्यक्त गर्नुभयो । यसका साथै, टर्कीका राष्ट्रपतिले अन्तर्राष्ट्रिय कूटनीतिक साझेदारीलाई सुदृढ बनाउनु पर्ने कुरामा पनि जोड दिनुभयो ।

टर्कीले लामो समयदेखि यस द्वन्द्वमा आफूलाई एक प्रमुख मध्यस्थकर्ताको रूपमा उभ्याउँदै आएको छ । विशेष गरी इस्तानबुल प्रक्रिया नामक कूटनीतिक ढाँचामार्फत दुवै पक्षबीच प्रत्यक्ष संवाद गराई स्थायी समाधान निकाल्न टर्कीले पहल गर्दै आएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल