१४ श्रावण २०८३, बिहीबार
,
Latest
देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह चौध लाख बढीका भन्सार छलीका सामान बरामद मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट राहदानी विभागले थप आवेदन फारम खोल्ने प्रधानमन्त्रीको सम्बोधन:सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने गतिविधिमाथि कडा कदम चालिने अमेरिका–इरान वार्ता प्रयास जारी रहेको पाकिस्तानको भनाइ, द्वन्द्वरत पक्षद्वारा आक्रमणमा जोड मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनियर स्कूल प्रिन्सेस–२०२६ को पहिलो अडिसन सम्पन्न, २० बालिका छनोट



अ+ अ-

काठमाडौं। बालिकाहरूको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले सिजन मिडियाले आयोजना गर्दै आएको ‘जुनियर स्कूल प्रिन्सेस–२०२६’ को ११औँ संस्करण अन्तर्गत पहिलो अडिसन सम्पन्न भएको छ।

अडिसनबाट २० जना छात्रा प्रतियोगीहरू छनोट भएका छन्। वार्षिक परीक्षा पश्चात फुर्सदमा रहेका बालिकाहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित विगत १६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगितामा सहभागी बालिकाहरूले विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

अडिसनमा निर्णायकको भूमिकामा एसइई प्रिन्सेसका विजेताहरू प्राश्ना श्रेष्ठ, प्राप्ती श्रेष्ठ र शुभ केसी रहेका थिए। आयोजक संस्था सिजन मिडियाकी कार्यक्रम निर्देशक रेजिना तुलाधरका अनुसार प्रतियोगिताको अन्तिम अडिसन चैत २५ गते आयोजना गरिनेछ।

छनोट भएका प्रतियोगीहरूलाई तीन सातासम्म विभिन्न विज्ञद्वारा बालमैत्री प्रशिक्षण प्रदान गरिनेछ। प्रशिक्षण अवधिमा उनीहरूलाई चन्द्रागिरी हिल्स, भक्तपुर दरबार क्षेत्र, छाउनी संग्रहालय, गोदावरी वनस्पति उद्यान, जाउलाखेल चिडियाखाना, नारायणहिटी दरबार संग्रहालय लगायतका स्थलहरूको शैक्षिक भ्रमण गराइने कार्यक्रम रहेको छ। साथै, अपाङ्ग बाल आश्रम र वृद्धाश्रम भ्रमणसँगै नेपाली चलचित्र अवलोकन पनि गराइनेछ।

प्रतियोगिताका क्रममा आन्तरिक रूपमा खेलकुद तथा अन्य विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन्। कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन्।

जुनियर स्कूल प्रिन्सेस–२०२६ को फाइनल प्रतियोगिता २०८३ साल बैशाख ११ गते राष्ट्रिय नाचघर, जमलमा आयोजना गरिनेछ।