४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु

संविधान संशोधनको आवश्यकता र औचित्य छः खम्मबहादुर खाती

संविधान संशोधनको आवश्यकता र औचित्य छः खम्मबहादुर खाती
अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य खम्मबहादुर खातीले मुलुकमा संविधान संशोधनको आवश्यकता रहेको र त्यसको औचित्यबारे व्यापक छलफल हुनुपर्ने बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खातीले संविधान संशोधनका विषयमा गठबन्धन सरकारले यसअघि पनि पहल गरेको स्मरण गराएका हुन् । उनले वर्तमान संवैधानिक संरचना खर्चिलो बन्दै गएको उल्लेख गर्दै त्यसमा समयानुकूल परिमार्जन आवश्यक रहेको धारणा राखे ।

उनले न्यायपालिकाको सुधार, प्रतिनिधि सभा तथा प्रदेश संरचनाको पुनरावलोकन, स्थानीय तहको संख्या व्यवस्थापनलगायतका विषयहरू संविधान संशोधनको दायरामा आउनुपर्ने बताए। संवैधानिक परिषद्, न्यायिक समिति तथा अन्य संरचनात्मक पक्षहरूमा पनि सुधार आवश्यक रहेको उनको भनाइ थियो।

संविधान संशोधन प्रक्रिया कुनै छुट्टै आयोग वा कमिटीमार्फत होइन, सार्वभौम संसदमार्फत नै अघि बढ्नुपर्नेमा खातीले जोड दिनुभयो। उहाँका अनुसार प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा सातै प्रदेशको तहबाट सुझाव संकलन गरी संशोधन प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ।

उनले संविधान संशोधनका क्रममा सल्लाहकारको नेतृत्वमा प्रारम्भिक अध्ययन तथा सुझाव संकलन गर्ने ‘नोटेड’ प्रकृतिको प्रक्रिया हुनसक्ने उल्लेख गर्दै त्यसमा अन्य राजनीतिक दलहरूको सहभागिता र विज्ञहरूको भूमिकाबारे पनि छलफल आवश्यक रहेको बताए।

खातीले संविधान संशोधन जटिल र बहुपक्षीय विषय भएकाले सबै पक्षको सहमति र संस्थागत प्रक्रियामार्फत अघि बढाउनुपर्नेमा जोड दिए।