३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एमाले संसदीय दल नेता चयन शैलीप्रति भट्टराईको असन्तुष्टि, पुनर्गठन र एकताको माग

एमाले संसदीय दल नेता चयन शैलीप्रति भट्टराईको असन्तुष्टि, पुनर्गठन र एकताको माग
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीभित्र हाल देखिएको नेतृत्व चयन प्रक्रिया र आन्तरिक अवस्था प्रति असन्तुष्टि जनाएका छन्।

उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणा अनुसार पार्टी अहिले विभिन्न चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै व्यापक पुनर्गठन र एकताको आवश्यकता रहेको बताएका छन्।

भट्टराईका अनुसार हालैको निर्वाचन परिणामले पार्टीलाई गम्भीर धक्का पुगेको, नेतृत्वप्रति जनस्तरमा असन्तोष बढेको र पार्टी संगठनभित्र समेत व्यापक गुनासो देखिएको अवस्था रहेको छ। यस्तो परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन पुनर्गठनमार्फत जनविश्वास पुनःस्थापना गर्नुपर्ने उनले जोड दिएका छन्।

उनले पार्टी संसदीय दलको नेता चयन गर्ने क्रममा अपनाइएको शैलीप्रति पनि आपत्ति जनाएका छन्। केही दिन समय लिएर पार्टी नेतृत्व र सांसदहरूबीच छलफल गरी साझा समझदारीमा पुग्न सकिने विकल्प हुँदाहुँदै सांसदहरूलाई दबाबमा राखेर निर्णय गरिएको जस्तो देखिएको भन्दै उनले यसले पार्टी पंक्तिमा थप चिन्ता बढाएको टिप्पणी गरेका छन्।

भट्टराईले आन्तरिक सहमति र उच्चस्तरीय छलफलमार्फत निर्णय गर्न सकेको भए राम्रो हुने उल्लेख गर्दै हालको प्रक्रिया उचित नभएको संकेत गरेका छन्। उनका अनुसार यस्ता निर्णयहरूले पार्टीभित्रको एकता र विश्वासमा असर पार्न सक्ने जोखिम रहन्छ।

योगेश भट्टराईले व्यक्त गरेको उक्त धारणा सार्वजनिक भएपछि एमालेभित्रको आन्तरिक छलफल र नेतृत्व शैलीबारे पुनः बहस सुरु भएको देखिन्छ।