९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

राजस्व बाँडफाँट, अनुदान थप समन्यायिक बनाउन आग्रह

राजस्व बाँडफाँट, अनुदान थप समन्यायिक बनाउन आग्रह
अ अ+ अ-

नुवाकोट। संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको आधार स्पष्ट भए पनि कानुनी र व्यवहारगत रूपमा स्थानीय तहले पाउनुपर्नेभन्दा कम अनुदान प्राप्त हुने अवस्था रहेकामा चिन्ता व्यक्त गरिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सहकार्यमा नुवाकोटको शिवपुरी गाउँपालिकाले मङ्गलबार गाउँपालिकाको कार्यालय शेराबगरमा आयोजना गरेको अन्तक्र्रियामा मुलुकको राजस्व बाँडफाँट, विद्यमान अनुदान स्थिति, बजेट अपर्याप्तता र विकास निर्माणका विषयमा छलफल भएको हो ।

छलफलमा आयोगका सदस्य र जनप्रतिनिधिले संविधानको मर्मअनुसार वित्तीय सङ्घीयता प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले संविधानले दिएको स्थानीय तहको अधिकारको प्रभावकाकरी उपयोग नभएको बताइयो ।

वित्त आयोगका सदस्य विपिनराज निरौलाले संविधान र कानुनमा कतिपय भिन्नता हुँदा आयोगले गरेका सिफारिसबमोजिम सबै पालिकामा वस्तुगत रूपमा अनुदान वितरण हुन नसकेको बताउनुभयो । उहाँले संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको आधार तोकिए पनि अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को पालना गर्नुपरेका कारण राजस्व कम उठ्ने पालिकालाई बढी समानीकरण अनुदान दिन नसकिएको स्वीकार गर्नुभयो ।

शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले स्थानीय तहको आर्थिक अधिकार सङ्कुचन हुन नहुने विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घले पनि पटकपटक आग्रह गरेको स्मरण गराउँदै सङ्घीयता लागू हुन बाँकी नै रहेको बताउनुभयो । आफूहरूले कानुनतः पाउनुपर्ने जति वित्तीय समानीकरण अनुदान नपाउँदा प्रक्षेपण गरिएका कार्यक्रम प्रभावित हुने गरेको उहाँ बताउनुहुन्छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले गत आर्थिक वर्षकै रु पाँच करोड छ लाख ८०० दायित्व बाँकी रहेकामा यस आर्थिक वर्षका कार्यक्रममा त्यसको असर परेको बताउनुभयो । सशर्त अनुदानलाई अन्य शीर्षकमा खर्च गर्न नपाइने र त्यसबारे सबैलाई बुझाउन नसक्दा रकम भएर पनि खर्च गरेन भन्ने गुनासो खेप्नुपरेको उहाँको भनाइ थियो ।

संविधानको धारा ६० को उपधारा २ ले सङ्घीय सरकारले सङ्कलन गरेको राजस्व सङ्घ, प्रदेश र स्थानीय सरकारलाई समन्यायिक ढङ्गले वितरण गर्ने अधिकार आयोगलाई दिइएको छ । अन्तरसरकारी वित्तीय ऐनको परिच्छेद ३ को दफा ६ ले मूल्य अभिवृद्धिकर र आन्तरिक उत्पादनमा लाग्ने अन्तःशुल्कको प्रदेशले प्राप्त गर्ने १५ प्रतिशत र स्थानीय तहले प्राप्त गर्ने १५ प्रतिशत रकम आयोगले तयार पार्ने ढाँचामा बाँडफाँट गर्नुपर्ने उल्लेख छ ।

ऐनले जनसङ्ख्या, भूगोल, मानव विकास सूचकाङ्क, पूर्वाधार विकास, खर्चको आवश्यकता, राजस्व सङ्कलनमा गरिएको प्रयास र विशेष अवस्थालाई आधार मानेर राजस्व बाँडफाँट हुने गरेको छ । प्र्राकृतिक स्रोतबाट प्राप्त हुने लाभको बाँडफाँटमा प्रदेश र स्थानीय तहले उचित हिस्सा पाउने व्यवस्था छ । रासस