१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी मेमोरियल कलेजको बस दुर्घटना



अ+ अ-

भक्तपुर । बनभोजका लागि गएको बस दुर्घटना भएको छ । शुक्रबार बिहान सूर्यविनायक नगरपालिकास्थित बनभोजका लागि गएको मदन भण्डारी मेमोरियल कलेजको बस ब्रेक फेल भइ दुर्घटना भएको हो ।

रिद्दिसिद्दी यातायातको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टेको महानगरीय प्रहरी वृत जगातीका डीएसपी चक्रराज जोशीले जानकारी दिनुभयो। उहाँकाअनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु बनभोजका लागि गएका थिए ।

दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना गम्भीर छन् भने, अन्य २० जनाको अवस्था सामान्य छ । दुर्घटनाका घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।