५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar प्रधानमन्त्री शाहसँग कांग्रेसका नेताहरूको भेट, के भयो कुरा ? News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा

ठगेरै अर्बपति बनेका कोईराला प्रहरीको डरमा उपचारको बहानामा अस्पताल भर्ना

ठगेरै अर्बपति बनेका कोईराला प्रहरीको डरमा उपचारको बहानामा अस्पताल भर्ना
अ+ अ-

काठमाडौं । दोलखा पवटीका दिनेश कोइराला फेरि पक्राउ परेका छन्। ठगीलाई पेसाजस्तै बनाएका उनको अवैध सम्पत्ति एक अर्बभन्दा बढी रहेको प्रहरीको अनुमान छ। मोरङको कानेपोखरीबाट ठगी धन्दा सुरु गरेका कोइरालाले पूर्वका सुनसरी, झापा, मोरङ, इलाम र पाँचथरका बासिन्दाबाट करोडौं ठगेको पाइएको छ। कानेपोखरीका उमेश घले गुरुङलाई उनकै जग्गामा कृषि फर्म खोल्ने भन्दै कोइरालाले डेढ करोड रुपैयाँ ठगी गरे। धिमाल अहिले सुकुम्बासीजस्तै बनेका छन्।

एक बिघा ८ कठ्ठा जमिन धितो राखेर कोइरालाले १७ लाख रुपैयाँ झिके। उनले पैसा फिर्ता गरेनन्। बैंकले जग्गा लिलामी गर्यो। इटहरीकी लक्ष्मी भट्टराईलाई उनले ६ वर्षअघि आमा बनाए ।कोइरालाले भट्टराईलाई ठग्न माइलो छोराको नाता लगाए। बेलाबेला भेट्न पुग्ने उनले भट्टराईलाई महँगो गिफ्टसमेत पुर्याउँथे। प्रशस्त जग्गा जमिन र राम्रै घर भएकी भट्टराईको घरजग्गा धितो राखेर कोइरालाले ५० लाख रुपैयाँ झिके। पाँच वर्षलाई भनेर झिकिएको पैसा भट्टराईले फिर्ता पाउनु त परै जाओस् उनले सम्पर्कसमेत गर्न पाइनन्।

कोइरालाले ललितपुरस्थित फिरोज बाराही सहकारीलाई डुबाएका छन्। जग्गा जमिन र गाडी सहकारीमा राखेर पटक पटक गरी १० करोड रुपैयाँ कर्जा लिएका कोइराला किस्ता तिर्नै गएनन्। सहकारी सञ्चालक केदार महर्जनले अहिले प्रहरी गुहारेका छन्। बा १९ च ८८४५ नम्बरको टोयटाको प्राडो गाडी चढ्ने कोइरालाले आफूलाई धनाढ्य र हाइ प्रोफाइल देखाउन काठमाडौंमा घर किनेका छन्। आफूले चढेको गाडीको समेत उनले पैसा चुक्ता गरेका छैनन्। इस्ट लिंक मोटर प्रालिलाई रकम चुक्ताका लागि कोइरालाले प्रभु बैंकको चेक पटक पटक दिए। तर, सबै चेक बाउन्स भयो।

अहिले यो कम्पनीलाई कोइरालाले ५ करोड ९६ लाख तिर्नु छ। उनले ओम साइराम बिजनेस लिंकबाट उनले कार्यालय सञ्चालनका लागि भन्दै १ करोड ५५ लाख बराबरको सामान लिएर गए। तर, अहिलेसम्म उनी तिर्न पुगेका छैनन्। कोइलाको ठगी धन्दा यतिले मात्रै टुंगिँदैन। उनले खोटाङका श्याम खड्कालाई जापान पठाइदिन्छु भनेर १९ लाख रुपैयाँ ठगे। कोइरालाले एक महिलालाई पत्नी बनाएर उनको पाँच करोड रुपैयाँ बराबरको सम्पत्ति उम्काए। ती महिलाको एक छोरासमेत छन्। अहिले ती महिला करोडपतिबाट सडकमा झरेकी छन्।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार कोइरालाले उर्लाबारीका कृष्ण धमालबाट डेढ करोढ, शिवलाल पुरीबाट ९९ लाख, इटहरी सुनसरीका चेतराज भट्टराईबाट पाँच लाख, राजघाटकी रीता मगरबाट दुई करोड, दिया धिमालबाट दुई करोड, दुर्गा धिमालबाट ४० लाख, झापाका सोले धिमालबाट ५० लाख रुपैयाँ ठगी गरेको पाइएको छ। ‘कोइरालाले ठगी गरेको रकम जोड्दा मात्रै एक अर्बभन्दा बढी हुन आउँछ। उनले सम्पत्ति कहाँ लुकाए हामी खोज्दै छौं’, महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले भने, ‘कोइराला ठगेरै अर्बपति बनेको अनुमान छ।’

महाशाखामा हालसम्म नौ जनाले उजुरी दिइसकेको र आउने क्रम जारी छ। प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाउने भएको छ। उनी गत वर्ष कात्तिक ७ गते पक्राउ परी धरौटीमा छुटेका थिए। उनी अहिले पक्राउ परे पनि हिरासतमा छैनन्। वीर अस्पतालमा उपचारको बहानामा बसिरहेका छन्। अन्नपुर्णपोष्ट दैनिकबाट