९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँदे झरीले अन्नबालीमा क्षति, बाँकेका किसान चिन्तीत



अ+ अ-

नेपालगञ्ज । दुई दिन अघिको हिउँदे झरीले बाँकेका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुगेको छ । आवश्यकताभन्दा बढी झरी परेपछि किसानले लगाएको अन्नबालीमा क्षति पुगेको हो । गत शुक्रबार एकाबिहानैदेखि पानी पर्न थालेपछि किसान खुशी भएका थिए तर, उनीहरुको त्यो खुशी साँझसम्म दुःखमा परिणत भइसकेको थियो ।

“एकाबिहानैदेखि राति ९/१० बजेसम्म अविरल परेको हिउँदे झरीले खेत जलमग्न भयो र त्यहाँ लगाइएका अन्नबाली डुबानमा पर्यो”, बाँके जानकी गाउँपालिका–३ इन्द्रपुरका किसान रामफेरन मौर्य भन्छन् । झरीले बाँकेमा सबैभन्दा बढी मसुरो, चना र केराउ बालीमा क्षति पुगेको छ भने नालाको छेउछाउ र गहिरो खेतमा लगाएको अन्नबालीमा पनि उत्तिकै क्षति पुगेको छ । गहिरो खेतमा अहिलेसम्म पानी जमेको छ ।

उक्त पानी सुकन दुई/तीन दिन लाग्ने कृषि प्राविधिकको भनाइ छ । पानीसँगै असिनासमेत परेकाले बढी क्षति भएको खजुरा–२ सीतापुरका अगुवा किसान लालबहादुर खत्रीको दुःखेसो छ । कृषि ज्ञान केन्द्र बाँकेका प्राविधिक अहिले किसानको खेतबारीसम्म पुगेर क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । प्रारम्भिक तथ्याङ्क अनुसार, बाँकेमा २५ प्रतिशत क्षेत्रफलमा पानीले क्षति पुर्याएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार, गहुँ, मसुरो चना, केराउ बालीमा १५ प्रतिशत क्षति पुगेको छ भने आलु र टमाटरमा १० प्रतिशत क्षति पुगेको छ । हिउँदे झरीले प्रत्येक वर्ष किसानको अन्नबालीमा क्षति पुर्याउँदै आएको छ । किसानको सुरक्षाका लागि सरकारले कृषि बीमामा ७५ प्रति अनुदान दिने व्यवस्था पनि गरेको छ, तर यहाँका अधिकांश किसानले बीमा नगरेको प्रमुख ढकाल बताउछन् ।