२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रक ठोक्किँदा एकको मृत्यु तीन घाइते



अ+ अ-

चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक हेटौंडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नंको ट्रक आज बिहान ७ः३० बजेको समयमा एकापसमा ठक्कर खाएको हो । प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नंको ट्रक आज बिहान ७ः३० बजेको समयमा एकापसमा ठक्कर खाएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ८७४३ नंको ट्रकका चालक लोप्चनको उपचारका क्रममा बिहान ८ः२५ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । सोही ट्रकका सहचालक बागमती गाउँपालिका–१ मकवानपुरका २० वर्षीय सोमबहादुर थिङ, ७९६७ नंको ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी र सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वल देवानको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीन जनाकै अवस्था मध्यम रहेको छ ।