२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुखुरापालक कृषक पक्राउप्रति सङ्घको आपत्ति



अ+ अ-

चितवन । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले गिरफ्तारमा परेका अगुवा कृषकको रिहाइको माग गरेको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका पाँच कृषकको रिहाइको माग गरेको हो ।

सङ्घका अध्यक्ष शिवराम केसीले सप्लायर्सले आफूखुशी मूल्य निर्धारण गरेको विषयमा छलफलका क्रममा भनाभन भएको र सोही विषयलाई लिई कृषकलाई झुटो मुद्दा लगाई फसाउने काम गरिएको दाबी गर्नुभयो । सङ्घले निर्धारण गरेको मूल्यभन्दा कम मूल्यमा अण्डा खरिद गर्ने गरी उनीहरुले निर्णय गरेको सङ्घको आरोप छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रहरीले कुखुरापालक कृषक प्रकाश अधिकारी, आनन्द मास्के, रामहरि केसी, दीपेश्वर केसी र राजेन्द्र साँखीलाई अभद्र व्यवहार गरेको भन्दै पक्राउपछि मुद्दा दर्ता गरेको छ । सम्मेलनमा अण्डा उत्पादक कृषकमा बिचौलियाका कारण कृषक र उपभोक्ताहरु मारमा परेको जानकारी गराइएको थियो ।

सङ्घले मङ्सिर १ गतेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको भए पनि सो मूल्यमा कृषकको फार्मबाट अण्डा उठ्न नसकेको समयमा बिचौलियाको प्रभावमा प्रशासनले कृषकलाई नियन्त्रणमा लिएको उनीहरुको आरोप छ ।

केसीले कृषकले ठूलो अण्डाको प्रतिक्रेट फार्म मूल्य रु २७५ र मध्यमको २५५ तोकेको भए पनि सप्लायर्सले कम मूल्य राखेर प्रचारप्रसार गरेपछि विवाद बढेको जानकारी दिनुभयो । अण्डाको लागत मूल्य रु ११ पर्ने भए पनि बिचौलियाका कारण कृषकले लागत मूल्य नपाएको केसीको भनाइ थियो ।