• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

शिक्षा र स्वास्थ्यका लागि शान्ति समाजको देशव्यापी अभियान



काठमाडौं । वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अभियान थाल्ने निर्णय गरेको छ । समाजको २२ औँ राष्ट्रिय परिषद् बैठक (वार्षिक साधारणसभा) ले ११ वटा प्रस्ताव पारित गरेको अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

बैठकमा सीमा अतिक्रमणको विरोध, जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय बचाऔँ आन्दोलनलगायतका प्रस्ताव पारित भएको उहाँले बताउनुभयो । कार्यक्रममा शान्ति समाज रुपन्देही शाखालाई गत वर्षको उत्कृष्ट शाखाका रूपमा सम्मान गरिएको थियो । विसं २०७५ मा भव्यताका साथ राष्ट्रिय परिषद् सम्पन्न गर्ने मोरङ शाखालाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

यही मङ्सिर २७ र २८ मा दाङको तुलसीपुरमा परिषद् बैठक सम्पन्न भएको हो । विसं २०७७ को परिषद् बैठक कास्की र २०७८ को बैठक कपिलवस्तुमा आयोजना हुने जनाइएको छ ।

‘मानव अधिकार आन्दोलनको गन्तव्यः लागुऔषध÷मदिरा दुव्र्यसनको अन्त्य’ भन्ने मूल नाराका साथ आयोजना गरिएको परिषद् बैठकमा देशभरका २७० सहभागीको उपस्थिति थियो ।