२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा र स्वास्थ्यका लागि शान्ति समाजको देशव्यापी अभियान



अ+ अ-

काठमाडौं । वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अभियान थाल्ने निर्णय गरेको छ । समाजको २२ औँ राष्ट्रिय परिषद् बैठक (वार्षिक साधारणसभा) ले ११ वटा प्रस्ताव पारित गरेको अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

बैठकमा सीमा अतिक्रमणको विरोध, जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय बचाऔँ आन्दोलनलगायतका प्रस्ताव पारित भएको उहाँले बताउनुभयो । कार्यक्रममा शान्ति समाज रुपन्देही शाखालाई गत वर्षको उत्कृष्ट शाखाका रूपमा सम्मान गरिएको थियो । विसं २०७५ मा भव्यताका साथ राष्ट्रिय परिषद् सम्पन्न गर्ने मोरङ शाखालाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

यही मङ्सिर २७ र २८ मा दाङको तुलसीपुरमा परिषद् बैठक सम्पन्न भएको हो । विसं २०७७ को परिषद् बैठक कास्की र २०७८ को बैठक कपिलवस्तुमा आयोजना हुने जनाइएको छ ।

‘मानव अधिकार आन्दोलनको गन्तव्यः लागुऔषध÷मदिरा दुव्र्यसनको अन्त्य’ भन्ने मूल नाराका साथ आयोजना गरिएको परिषद् बैठकमा देशभरका २७० सहभागीको उपस्थिति थियो ।