२ श्रावण २०८३, शनिबार
,
Latest
अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री पायल पक्राउ



अ+ अ-

भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरुका बारेमा आपत्तिजनक टिप्पणी गरेपछि बलिउड अभिनेतृ पायल रोहत्गी पक्राउ परेकी छन् । पायलले नेहरु परिवारबारे गत अक्टोबरमा टिप्पणी गरेपछि राजस्थानको बुन्दी प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो । उनले आफ्नो फेसबुकमार्फत भिडियो बनाई टिप्पणी गरेकी थिइन् । अभिनेत्री पायलले जवाहरलाल नेहरुका पिता मोतीलाल नेहरु र जवाहरलालका श्रीमतीका बारेमा टिप्पणी गरेकी थिइन् ।

उक्त भिडियो सार्वजनिक भएपछि कंग्रेसका युवानेता चर्मेस शर्माले सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा मुद्दा दायर गरेका थिए । प्रहरीले उनलाई यसबारे उत्तर दिन मागसमेत गरेको थियो । त्यसलगत्तै उनले आफ्नो टिप्पणीबारे माफीसमेत मागेकी थिइन् ।

शर्माले उक्त भिडियोले भारतको सम्बन्ध अरु राष्ट्रसँग बिग्रिने भन्दै विरोध गरेका थिए । पायल बलिउड अभिनेत्रीका साथै मोडेल समेत हुन् । यसअघि पनि उनी विभिन्न विषयमा टिप्पणी दिँदा पटकपटक विवादमा तानिँदै आएकी थिइन् ।