२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई मानव कङ्काल फेला



अ+ अ-

फिदिम । पाँचथरमा छुट्टाछुट्टै स्थानमा दुई मानव कङ्काल फेला परेका छन् । प्रहरीका अनुसार दुवै मावन कङ्काल पुरुषका भएको पाइएको छ । फेला परेका कङ्कालमध्ये एउटाको पहिचान खुलेको छ भने एउटाको खुल्न बाँकी छ । प्रहरीका अनुसार जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको खोल्सीमा गत आइतबार स्थानीयवासीले मानव कङ्काल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी अनुसन्धानबाट उक्त कङ्काल फिदिम नगरपालिका वडा नं ८ का ५२ वर्षीय हर्कबहादुर सुनुवारको रहेको पुष्टि भएको छ । सुनुवार गत असार तेस्रो सातादेखि बेपत्ता रहेका परिवारजनले प्रहरीलाई बताएका छन् । यस्तै आइतबार नै फिदिम नगरपालिका वडा नं १४ लुङरुपामा अर्को मानव कङ्काल फेला परेको छ ।

उक्त मानव कङ्काल पुरुष व्यक्तिको रहेको कपडा तथा कङ्कालसँगै रहेका अन्य सामग्रीका आधारमा पहिचान भए पनि कसको हो भन्ने पत्ता लाग्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिए । उक्त मानव कङ्काल झण्डै छ महिनाअघिबाट सडेको अनुमान गरिएको प्रहरी निरीक्षक अर्यालले बताए ।