२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग



अ+ अ-

लहान । बरियारपट्टी गाउँपालिकाले केही महिनाअघि ग्यास सिलिन्डर विस्फोटमा परी निधन भएका आफ्ना कार्यपालिका सदस्य ललिताकुमारी यादवको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । मृतक यादवका परिवारलाई गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले रु सात लाखको चेक हस्तान्तरण गरे ।

मृतक यादवका जेठा छोरा तुलसीराम यादवलाई उक्त चेक हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिए । गत वैशाख १० गते घरमै खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएपछि कार्यपालिका सदस्य यादवको निधन भएको थियो । उनका दुई छोरा र एक छोरी छन् ।