१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नवरात्रमा पनि सुनसान पाथीभरा उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’ बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर परराष्ट्रमन्त्री राणा दोहामा द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्कंदै सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु राप्रपामा विभागीय प्रमुख हेरफेरप्रति लोहनीको आपत्ति पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई निर्मल निवासमा दशैंको टीका लगाइदिने पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्षमा पौडेल



अ+ अ-

कास्की । नेपाल फोटो पत्रकार सङ्घ कास्कीको छैटौं अधिवेशनले प्रदीप पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घका उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, सहसचिवमा रमेश पुन, कोषाध्यक्षमा सुरेशकुमार श्रेष्ठ तथा सदस्यमा अशेष शाक्य र सञ्जय शाक्य सर्वसम्मतरूपमा चयन हुनुभएको हो ।

जनआन्दोलन २०६२/६३ अप्ठ्यारो अवस्थामा सङ्गठनको आवश्यकता महसुस गरी गठन गरिएको सङ्घले आन्दोलनको वृत्तचित्र, फोटो प्रदर्शनीजस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ । सङ्घका गण्डकी प्रदेश अध्यक्ष राम गुरुङले अधिवेशनको उद्घाटन गर्दै फोटो पत्रकारिता पेशा चुनौतीपूर्ण भए पनि त्यसले समाजलाई पार्ने प्रभाव महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । सङ्घका अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साङ्गाठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।