५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

बढ्दो सडक दुर्घटना: जिम्मेवार निकाय अर्कालाई दोष दिँदै पन्छिँदै

बढ्दो सडक दुर्घटना: जिम्मेवार निकाय अर्कालाई दोष दिँदै पन्छिँदै
अ+ अ-

काठमाडौं । केही दिनअघि मात्र सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए भने १८ जना घाइते भए । सिन्धुपाल्चोकमा महिना दिनभित्र भएको यो दोस्रो ठूलो दुर्घटना थियो । गत कात्तिक तेस्रो साता सिन्धुपाल्चोककै सुकुटेमा बस दुर्घटना हुँदा १७ जना नागरिकले ज्यान गुमाउनुपरेको थियो भने चार दर्जन घाइते भएका थिए । पछिल्लो समय देशका विभिन्न ठाउँमा ठूला दुर्घटना भएका छन् । १७ मंसिरमा बागलुङमा भएको जिप दुर्घटनामा १० र ११ मंसिरमा अर्घाखाँचीमा भएको बस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए ।

म्याग्दीको मालिका गाउँपालिका–७ मा भएको बस दुर्घटनामा चार जना विद्यार्थीको मृत्यु भएको थियो । सानातिना दुर्घटना दिनदिनै थपिएका थपियै छन् । ट्राफिक प्रहरीका अनुसार गत वर्ष सडक दुर्घटनामा २ हजार ७ सय ८९ को निधन भएको थियो भने गत साउनदेखि हालसम्म ९ सय २१ जनाको निधन भएको छ । पछिल्लो सिन्धुपाल्चोकको सडक दुर्घटनापछि भने प्रधानमन्त्री केपी शर्मा ओली आफैंले चासो देखाएका छन् । उनले सम्बन्धित निकायलाई बोलाएर छलफल गरे भने दुर्घटना रोक्नेबारे कदम चाल्न निर्देशनसमेत दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुर्घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा समितिसमेत गठन गरेको छ । अहिले दुर्घटना हुनुको कारणबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । सरोकारवाला निकायहरू भने एकले अर्कालाई दोष दिएर पन्छिने दाउमा देखिएका छन् ।दुर्घटना न्यूनीकरणबारे बुधबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा सडक विभागका महानिर्देशक केशव शर्माले मानवीय कारण नै दुर्घटनाको मुख्य कारण रहेको बताए । उनले सिधै नअथ्र्याए पनि चालकको लापर्बाही र व्यवसायीको कारण दुर्घटना हुने गरेकोमा जोड दिए ।

उनले स्थानीय तहले सडक निर्माण गर्ने गरेको तर त्यो सडक सवारी चलाउन उचित भए नभएकोबारे सेफ्टी रोड अडिट नहुने हुँदा त्यसले पनि दुर्घटना निम्त्याउने गरेको बताए । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौंलाले भने सडककै कारण दुर्घटना हुने गरेको दाबी गरे । उनले साँघुरो बाटो, लामो समय पिच नगर्ने तथा विभिन्न ठाउँमा रेलिङ नहाल्दा बढी दुर्घटना निम्तिएको बताए । सार्वजनिक रूपमा नै उनले काठमाडौं कोरिडोरको निर्माण कार्य सुस्त भएको भन्दै ढिलाइप्रति प्रश्न उठाए ।

ट्राफिक प्रहरीका उपत्यका प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र के कस्तो सडक छ भनेर चासो राख्नुपर्ने तर्क गरे । ‘सडक दुर्घटना कम गर्न आमनागरिकले पनि सहयोग गरिदिनुपर्यो, स्थानीय सरकारले पनि आफ्नो वडा तथा नगरपालिका र गाउँपालिका भित्रको सडक कस्तो छ भनेर ख्याल गरिदिन पर्यो,’ उनले भने ।

कसको कारण हुन्छ दुर्घटना ?ग्रामीण सडक इन्जनियरिङ बिना जथाभावी बनाइएको छ । गाडी गुड्न उपयुक्त छैनन् तर ट्र्याक खोल्ने होडबाजी रोकिएको छैन । देशमा ८३ किलोमिटर हजारभन्दा बढी सडकमा मात्रै १४ हजार किमि मात्रै पिच भएको छ । मुख्य गरेर सडक बाटो र मौसमको अवस्था, गाडी र गाडी चालकको अवस्था, गाडीभार क्षमता र गाडीको गतिको कारण बढी मात्रामा दुर्घटना हुने गरेको पाइन्छ । यसमा मुख्य दोषी सरकार देखिन्छ, मुख्यतयः भौतिक संरचनाको उचित मर्मतसम्भार नहुँदा सडक दुर्घटना हुने गरेको हो ।

दोस्रोमा चालकको कारण दुर्घटना हुने गरेको पाइन्छ । लापर्बाही गरेर तीव्र गतिमा सवारी हाँक्दा गाडी दुर्घटना हुने गरेको छ । चालकको स्वास्थ्य अवस्थाका कारण पनि दुर्घटना हुने गरेको ट्राफिक प्रहरी बताउँछ । ‘हरेक ४÷४ घण्टामा चालकले आराम गर्नुपर्छ’ एसएसपी ढकाल भन्छन् । थोत्रा सवारी र क्षमताभन्दा बढी यात्रु राखेर चलाउनुले पनि सडक दुर्घटना बढेको विभिन्न अध्ययन प्रतिवेदनले औंल्याएका छन् । राजधानी दैनिकबाट