१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

समपुरक र विशेष अनुदान पाउनेमा १३ योजना



अ+ अ-

बलेवा । सरकारले राष्ट्रिय योजना आयोगमार्फत बागलुङमा समपुरक र विषेश अनुदानअन्तर्गत १३ योजनालाई बजेट उपलब्ध गराएको छ । समपुरक बजेटअन्र्तगत छ योजना र विशेष अनुदानअन्र्तगत सात योजनाका लागि बजेट विनियोजन गरिएको हो ।

समपुरक अनुदान र विशेष अनुदानमा जिल्लाभर समावेशी हिसाबले योजना छनोट भएका सांसद डा सूर्य पाठकले जानकारी दिनुभयो । योजना आयोगले साझेदारी गर्न सक्ने योजनाको छनोट गरी समपुरक अनुदानका लागि प्रस्ताव आह्वान गरेको थियो । स्थानीय तह तथा प्रदेश सरकारले साझेदारी गर्नुपर्ने समपुरक अनुदानअन्तर्गत बरेङ गाउँपालिकाको परिवाङ–बरेङ सडक निर्माणका लागि रु एक करोड ३७ लाख बजेट विनियोजन गरेको छ ।

जैमिनी नगरपालिकाको कुश्मीशेरा बजारदेखि जैमिनीधामसम्मको सडकका लागि रु ६७ लाख, बागलुङ नगरपालिका–१३ को जलुकनी घुम्तीदेखि भैरवस्थान मन्दिरसम्म रु एक करोड ७४ लाख, बडिगाड गाउँपालिकाको भवन निर्माणका लागि रु ६२ लाख, गल्कोट नगरपालिका–६ र वडा नं ९ को भवन निर्माणका लागि रु एक करोड ३३ लाख र काठेखोला गाउँपालिका–७ रेशको एकपाटेदेखि बौर सडक निर्माणका लागि रु एक करोड ३१ लाख बजेट विनियोजन गरिएको योजना आयोगको तथ्याङ्कमा उल्लेख छ ।

समपुरक अनुदान पाउनका लागि स्थानीय तहले अर्थ मन्त्रालयले उपलब्ध गराउने बराबरकै रकम साझेदारी गर्नैपर्ने व्यवस्था छ । सोहीअनुसार आफ्नो बजेट सिलिङको आधारमा जिल्लाका स्थानीय तहले समपुरक बजेटका लागि प्रस्ताव पेश गरेका थिए । स्थानीय तहले साझेदारी गर्न नपर्ने विशेष अनुदानअन्तर्गत जिल्लाभरका सात योजनाका लागि रु तीन करोड ५३ लाख बजेट विनियोजन गरिएको छ । जिल्लाको तमानखोला गाउँपालिकामा सञ्चालित खुङ्खानी खानेपानी आयोजनाका लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ ।

बागलुङ नगरपालिकामा प्रारम्भिक बाल विकास कक्षा सुधारका लागि रु ५३ लाख, बरेङ गाउँपालिकामा सञ्चालित झुले बरेङ खानेपानी आयोजना तथा सरसफाइ कार्यक्रमका लागि रु ७५ लाख, बरेङमै धुल्लु बास्कोट स्वास्थ्यचौकी भवन निर्माणका लागि रु ७५ लाख, गल्कोट नगरपालिकाभित्र फोहर व्यवस्थापनका लागि रु ५० लाख र जैमिनी नगरपालिका–२ र ३ मा आलु, अलैँची, मौरीपालन तथा नगदे बाली खेती प्रवद्र्धन कार्यक्रमका लागि रु २५ लाख बजेट विनियोजन गरिएको हो ।